सन् २०२६ लाई नेपाल–आसियान पर्यटन वर्षको रुपमा मनाउने घोषणा
सारांश
- नेपाल पर्यटन बोर्डले सन् २०२६ लाई 'नेपाल-आसियान पर्यटन वर्ष' मनाउने घोषणा गरेको छ।
- बोर्डका अनुसार, आसियान मुलुक नेपालका लागि उच्च सम्भावनायुक्त बजार हो, र हालसम्म १ लाख ७ हजारभन्दा बढी आसियानका पर्यटक नेपाल भित्रिएका छन्।
- कार्यक्रममा पर्यटन मन्त्री र अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो, जसमा पर्यटन प्रवर्द्धनका लागि विभिन्न रणनीतिहरू सार्वजनिक गरियो।
काठमाडौं । नेपाल पर्यटन बोर्ड (एनटीबी) ले सन् २०२६ लाई 'नेपाल–आसियान पर्यटन वर्ष’को रुपमा मनाउने औपचारिक घोषणा गरेको छ । बोर्डको २७औँ वार्षिकोत्सवको अवसरमा यस्तो घोषणा गरिएको हो ।
बोर्डका कार्यकारी प्रमुख अधिकृत दीपकराज जोशीले आसियान मुलुकलाई नेपालका लागि उच्च सम्भावनायुक्त बजारका रूपमा प्रस्तुत गर्दै सन् २०२६ लाई लक्षित विशेष रणनीति सार्वजनिक गरेका हुन् ।
सीईओ जोशीका अनुसार हालसम्म १ लाख ७ हजारभन्दा बढी आसियान मुलुकका पर्यटक नेपाल भित्रिसकेका छन् । जुन नेपालका लागि ठूलो र दीर्घकालीन बजार हो । ‘बौद्ध तथा आध्यात्मिक पर्यटन, प्रकृति र साहसिक पर्यटन, वेलनेस र आयुर्वेद, संस्कृति तथा समुदायमा आधारित पर्यटनमार्फत आसियान बजारमा नेपाललाई सशक्त रूपमा स्थापित गरिनेछ,’ उनले भने ।
सीईओ जोशीले सन् २०२५ मा ११ लाख ६० हजार पर्यटक नेपाल भित्रिने अनुमान गरिएको बताउँदै यो संख्या गत वर्षको तुलनामा करिब ३ प्रतिशतले बढी रहेको बताए । सन् २०२५ भित्र ३१ वटा टुरिजम मार्ट, १२ वटा ब्रान्डिङ तथा कर्पोरेट गतिविधि, २० भन्दा बढी माइस कार्यक्रम सम्पन्न भएका छन्।
उनले जेन्जी आन्दोलनपछिको अवधिमा ८ वटा मुख्य पर्यटकीय गन्तव्यबाट लाइभ प्रसारणमार्फत पर्यटन प्रवर्द्धन, ९ भाषामा यात्रा सूचना प्रकाशन, ६९ वटा पर्यटन पूर्वाधार विकास, तथा पूर्वदेखि सुदूरपश्चिमसम्म ४१ वटा कार्यक्रम तथा विकास गतिविधि सञ्चालन गरिएको जानकारी समेत दिएका छन् ।
‘पर्यटन केवल एउटा कोर सेक्टर मात्र नभएर बहु–क्रस सेक्टर क्षेत्र हो,’ जोशीले भने । सन् २०२५ मा विभिन्न क्षेत्रका २ हजार ६ सय पेशागत जनशक्ति तालिम प्रदान गरेको जानकारी दिँदै सीईओ जोशीले नीतिगत तहका अनुसन्धान, बजार–आधारित अध्ययन र सस्टेनेबल टुरिजम प्रोजेक्ट अन्तर्गत कञ्चनजंघा, मनास्लु र अपी–साइपालका तीन प्रमुख ट्रेकिङ ट्रेलमा सम्भावना पहिचान, गुणस्तर अभिवृद्धि, रोजगारी र बजार सिर्जनामा काम भइरहेको जानकारी गराएका छन् ।
एनटीबीले सन् २०२६ लाई परिभाषित गर्ने ७ प्रमुख यात्रा प्रवृत्ति पनि सार्वजनिक गरेको छ, जसमा— शोरभन्दा शान्ति, प्रशासनमा जेन–एआई, छनोटभन्दा विश्वास, हवाईमार्गभन्दा सडक, एकै ढाँचाभन्दा अत्यधिक व्यक्तिगत अनुभव, परीक्षण गरिएकाभन्दा अफ–ग्रिड गन्तव्य, र संस्कृति प्राथमिकतामा रहने उल्लेख छ ।
आगामी मार्गचित्र प्रस्तुत गर्दै जोशीले २०२६–२०३५ रणनीतिक कार्ययोजना, सहभागितामूलक दृष्टिकोण, डिजिटल–प्रेरित व्यावसायिकता, नवप्रवर्तनशील नीति र अभ्यासको समन्वय, स्थानीय र वैश्विक अनुभवको मिश्रण, अनुत्पादक कार्यक्रम हटाउने तथा उच्च मूल्य पर्यटनमा केन्द्रित हुने स्पष्ट गरेका छन् ।
कार्यक्रम संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्द निरौलाको अध्यक्षतामा सम्पन्न भएको उक्त समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिल कुमार सिन्हा तथा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठ समेत सहभागी थिए ।
कार्यक्रममा पाटा सीईओ नुर अहमद हमिद, वर्ल्ड टुरिजम नेटवर्क र यूएन टुरिजमबाट भिडियो सन्देश जारी गरिएको छ । त्यसैगरी कार्यक्रमका अवसरमा बोर्डको वार्षिक प्रकाशन इन-फोकस पनि विमोचन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाहिरको सहमतिले संसद्कै गरिमामाथि प्रश्न, सत्ता र विपक्ष दुवैले गरे तीव्र आलोचना
-
निःशुल्क स्वास्थ्य शिविरले महिलाको स्वास्थ्यमा सुधार
-
मानव गरिमाको संकट र हाम्रो सामाजिक चेतना
-
नेपाल–बेलायत आर्थिक साझेदारीमा नयाँ अध्याय, व्यापार र लगानी विस्तार गर्न दुई महत्त्वपूर्ण एमओयूमा हस्ताक्षर
-
सुदूरपश्चिमको बजेटः निरन्तरताभित्र नवीनता खोज्ने प्रयास
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण