चुनावमा राष्ट्रिय आकांक्षा पूरा गर्न सक्ने मत पाउनेमा विश्वस्त छौँ : रवि लामिछाने
सारांश
- रास्वपाका सभापति रवि लामिछानेले फागुन २१ को चुनावमा पार्टीले धेरै मत ल्याउने दाबी गरे।
- उनले पार्टीले राष्ट्रिय सपना र आकांक्षा पूरा गर्न सक्ने मत ल्याउने विश्वास व्यक्त गरे।
- लामिछानेले नागरिकलाई देशको भविष्य आफैँ लेख्न सक्ने बनाएको बताए।
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले फागुन २१ गतेको चुनावमा आफ्नो पार्टीले राष्ट्रिय सपना र आकांक्षा पूरा गर्न सक्ने हैसियतको मत प्राप्त गर्ने दाबी गरेका छन्।
बुधबार पोखरामा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सभापति लामिछानेले आगामी दिनमा पार्टीले प्राप्त गर्ने जनमतप्रति आफू पूर्ण विश्वस्त रहेको बताए। आशा र भरोसा गरेका मानिसहरूलाई एकै ठाउँमा उभ्याइसकेपछि त्यसले ठूलो परिवर्तन ल्याउन सक्ने उनको जिकिर थियो ।
कति मत वा नतिजा आउँछ भन्ने यकिन संख्या नतोके पनि उनले देशको आवश्यकता सम्बोधन गर्न सक्ने नतिजा आउनेमा आफू ढुक्क रहेको प्रष्ट पारे।
‘संख्या त म आज भन्न सक्दिनँ, तर मलाई लाग्छ हामीले चाहेका अधिकांश कुराहरू सम्बोधन गर्न सक्ने मत हामीले प्राप्त गर्छौं,’ लामिछानेले भने, ‘यसले हाम्रो राष्ट्रिय सपना र राष्ट्रिय आकांक्षा पूरा गर्न सक्ने तहको मत ल्याउँछ भन्ने मेरो विश्वास छ।’
उनले पार्टीले नागरिकलाई आफ्नो र देशको भविष्य आफैँ लेख्न सक्ने स्थानमा पुर्याइदिएको जिकिर गरे। ‘आफ्नै हातले यो देशको भविष्य लेख्न सक्ने ठाउँमा हामीले पुर्याइदिएका छौँ, बाँकी कुरा नागरिकको विवेकमा छोडौँ,’ उनले भने।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुनावी परिणामलाई लिएर हार मानेको छैन: कुलमान
-
जीवन आफैँमा एक निरन्तर अभ्यास हो : दयाहाङ राई
-
लिङ्ग परिवर्तनको शल्यक्रियापछि अनायाले पोखिन् पीडा
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण