रवि, बालेन र कुलमानलाई मिराज ढुंगानाका केही प्रश्न र प्रस्ताव
सारांश
- मिराज ढुंगाले रवि लामिछाने, कुलमान घिसिङ र बालेन शाहलाई प्रश्न गर्दै आगामी निर्वाचन र संविधान संशोधनबारे चासो राखेका छन्।
- ढुंगाले रास्वपाको सिट संख्या, समानुपातिक प्रणालीको दुरुपयोग र निर्वाचन प्रणालीको प्रभावकारितामाथि प्रश्न उठाएका छन्।
- उनले जनआन्दोलनको मागअनुसार संविधान संशोधन हुने वा नहुने र नागरिक सरकार गठनबारे समेत प्रश्न गरेका छन्।
काठमाडौँ । नेपालको राजनीतिक परिदृश्यमा महत्त्वपूर्ण मानिएका रवि लामिछाने, कुलमान घिसिङ र बालेन साहलाई लक्षित गर्दै जेनजी अभियन्ता मिराज ढुंगानाले केही गम्भीर प्रश्न तथा प्रस्तावहरू अगाडि सारेका छन् ।
आगामी निर्वाचन, संविधान संशोधनको आवश्यकता, निर्वाचन प्रणालीको प्रभावकारिता र राजनीतिक एकताको दिगोपनजस्ता विषयमा उनले ध्यानाकर्षण गराएका हुन् ।
खासगरी उनले रास्वपाका सभापति लामिछनेलाई पार्टीको अवस्था र जेनजीले उठाएका मुद्दा सम्बोधन हुनुपर्ने मागसहित प्रश्नहरू राखेका छन् । जहाँ उनले लामिछानेलाई उनको पार्टीले आगामी निर्वाचनमा कति सिट जित्ने सोचेको छ भन्ने सोधेका छन् । साथै निर्वाचनपछि जनआन्दोलनको चाहनाअनुसार संविधान संशोधन होला कि नहोला भन्ने जिज्ञासा पनि राखेका छन् ।
ढुंगानाले सरकार गठन भएदेखि नै जेनजीले उठाएका मागप्रति सरकारले सम्बोधन नगरेको गुनासो गर्दै आएका छन् ।
ढुंगानका प्रश्न र प्रस्तावहरू
१. रविजी र तपाईंको पार्टीले कति सिट निर्वाचनमा जिल्ला सोच्नुभएको छ ? के निर्वाचन पछि आन्दोलनको चाहना अनुसार संविधान संशोधन होला ?
२. जेन–जी आन्दोलनको अपत्यक्त लागि, जेन–जीको माग निर्वाचन पछि पूरा गर्नुहुन्छ भनेर सहमति गर्नु भएको जस्तो देखिन्छ तर त्यही निर्वाचन प्रणालीमा जहाँ समानुपातिक प्रणालीको दुरुपयोग व्यापक छ, हिजो सार्वजनिक भएको समानुपातिकको सूचीले तपाईंहरूले पनि त्यही परम्परालाई निरन्तरता दिनु भएको जस्तो देखियो। यो निर्वाचन प्रणालीबाट देशलाई चाहिएको बदलाव साँच्चै पूरा होला जस्तो लाग्छ ?
३. निर्वाचन धेरै भयो, विकास कहिले पाइन्छ, जेन–जीको मुद्दा बोकेर भएको छ, निर्वाचनमा सोचेजस्तो २ तिहाइ वा १८४ सिट जित्न सक्नु हुन्छ होला ? पहिलो निर्वाचनमा रविजीको पार्टीले २१ सिट जितेको थियो, यो पालि १८४ सिट आउला ?
संविधान संशोधन गर्न राष्ट्रिय सभा अनिवार्य चाहिन्छ त्यसमा अहिले रास्वपाको १ जना पनि प्रतिनिधि हुन हुन। देशको सहरी भागमा रास्वपाको संगठन पुगेको छ तर दुर्गम गाउँ भागसम्म भने पुगेको छैन जहाँ अझै पुराना दलको दबदबा छ। यसको मतलब हामी अझै ५–१० वर्ष केही गर्न सक्दैनौँ। यो कुराको समाधान निर्वाचनबाट कसरी हुन्छ सोच्नु भएको छरु कृपया बताइदिनुस्।
४. सायद यो भन्दा देशले न्याय पाउने पक्का तरिका भनेको जनताको छोराछोरी, जनयुद्ध पछि भएको प्रक्रिया जस्तै सडक संसद भरी नागरिक सरकार गठन गरेर संविधान संशोधन गरी जाँदा कस्तो होलारु यसरी देशले निकास पाउने सुनिश्चित छ कृपया एक पटक सोच्नु होला।
५. १८४ सिट जित्ने हामीलाई आधार र राष्ट्रिय सभामा आफ्नो प्रतिनिधि नहुँदा, देशलाई न्याय दिने संविधान सुधार कसरी गर्न सकिन्छ भनिदिनु भयो भने, म सब कुरा छाडेर तपाईंहरूको चुनावी सहयोगमा लाग्छु। तर आधार देखाउन सक्नुहुन्न भने, असम्भव, निर्वाचन पद्धतिको विकास नभएर आशा नराखौँ। आउनुस् सँगै मिलेर नेपालमा नागरिक सरकार बनाऔँ र संविधान संशोधन गरी नेपालीलाई न्याय दिएर मात्र निर्वाचनमा जाऔँ।
६. तपाईंहरूको एकता हातारामा भयो, मन, धारणा मिलेर भयो कि चुनावी हाताराले हो त्यो प्रश्न छ। मन मटारवहन मान्छेमा हुने प्राकृतिक गुण हो, हाताको एकता यदि चुनाव पछि फुट्ने हो भने हामी जनता घरको न घाटको हुनेछौँ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण