शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

रौतहटमा ईभी भ्यानको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सोमबार, २१ पुस २०८२, १५ : ११
सोमबार, २१ पुस २०८२

सारांश

  • रौतहटको हुलाकी राजमार्गमा ईभी भ्यान र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ।
  • दुर्घटनामा बौधीमाईका २५ वर्षीय दीपेन्द्र बैठाको मृत्यु भएको प्रहरीले जनाएको छ।
  • प्रहरीले भ्यान चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको छ।

रौतहट । रौतहटको हुलाकी राजमार्गअन्तर्गत भुवाली चोकमा सोमबार बिहान ईभी भ्यान र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको ज्यान गएको छ।

दुर्घटनामा बौधीमाई नगरपालिका–२, इनर्वा गाउँका २५ वर्षीय दीपेन्द्र बैठाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

भ्यानको ठक्करबाट गम्भीर घाइते भएका बैठालाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल गौर लगिए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। जिल्ला प्रहरी कार्यालय रौतहटका सहप्रवक्ता इन्स्पेक्टर रुद्रराज कंडेलका अनुसार दुर्घटनामा संलग्न इभी भ्यान र त्यसका चालक राजपुर नगरपालिका–५ का २५ वर्षीय उपेन्द्र साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा राखिएको छ। प्रहरीले घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान अगाडि बढाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप