शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

बुटवलमा कारको ठक्करबाट ड्युटीमा खटिएका प्रहरीको मृत्यु

सोमबार, २१ पुस २०८२, २० : ५०
सोमबार, २१ पुस २०८२

बुटवल । कारको ठक्करबाट बुटवलमा सवारी साधन चेकजाँचमा खटिएका ट्राफिक प्रहरीको मृत्यु भएको छ । 

नवलपरासीबाट बुटवलतर्फ आउँदै गरेको बाग्मती प्रदेश ०१–००३ च ००७७ नम्बरको कारले सोमबार साँझ पूर्व–पश्चिम राजमार्गमा पर्ने बुटवल धागो कारखानानजिकै चेकजाँच खटिएका ट्राफिक प्रहरी सहायक हवल्दार नागेश्वर पाललाई ठक्कर दिँदा उनको मृत्यु भएको इलाका प्रहरी कार्यलय बुटवलले जनाएको छ । 

तीव्र गतिमा आएको कारले नियमित चेकजाँचमा खटिएका दुई ट्राफिक प्रहरीमध्ये पाललाई सडकमै ठक्कर दिएको र तत्कालै लुम्बिनी प्रादेशिक अस्पताल पुर्‍याइए पनि चिकित्कसले उनलाई मृत घोषणा गरेका इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक इन्द्र रानाले बताए । 

घटनापछि चालक गुल्मी रेसुंगा नगरपालिका–२ तम्घासका ५६ वर्षीय जितेन्द्रसिंह थापा र गाडी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको पनि डीएसपी रानाले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप