बुल्गेरियालीहरूद्वारा दिग्गज फुटबल खेलाडी दिमितार पेनेभको अन्तिम बिदाइ
बुल्गेरिया । बुल्गेरियाली फुटबल खेलाडी तथा प्रशिक्षक दिमितार पेनेभलाई अन्तिम बिदाइ गर्न सोमवार सोफियास्थित नेशनल स्टेडियममा हजारौँ बुल्गेरियालीहरू भेला भए । सन् १९९४ को फिफा विश्वकपमा राष्ट्रिय टोलीलाई हालसम्मकै उत्कृष्ट नतिजा दिलाउँदै चौथो स्थानसम्म पुर्याउन सफल पेनेभको ८० वर्षको उमेरमा निधन भएको बुल्गेरियन फुटबल युनियनले जानकारी दिएको छ ।
पेनेभले आफ्नो खेल जीवनको १३ वर्ष सीएसकेए सोफियामा बिताएका थिए । उनलाई बुल्गेरियाका उत्कृष्ट ‘सेन्टर–ब्याक’ मध्ये एक मानिन्थ्यो ।
उनले सन् १९६६, १९७० र १९७४ को विश्वकपमा राष्ट्रिय टोलीको प्रतिनिधित्व गर्दै ९० वटा अन्तर्राष्ट्रिय खेल (क्याप) खेलेका थिए । उनी दुई पटक ‘बुल्गेरियन फुटबलर अफ द इयर’ बाट समेत सम्मानित भएका थिए ।
प्रशिक्षकको रूपमा पेनेभ सन् २०१२ सम्म सक्रिय रहे । जसक्रममा उनले तीनवटा बुल्गेरियन लिग उपाधि, चारवटा बुल्गेरियन कप र एउटा बुल्गेरियन सुपर कप जितेका थिए । उनी सन् २०१९ मा सल्लाहकारको रूपमा पुनः सीएसकेए सोफियामा आवद्ध भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राति टाउकोमा तेल लगाएर सुत्दा के हुन्छ ?
-
समूह एफ : नेदरल्यान्ड्स समूह विजेता, जापान उपविजेता र स्विडेन उत्कृष्ट तेस्रो टोलीका रूपमा नकआउटमा
-
लागू औषधको आपूर्ति सञ्जाल तोड्न गृहमन्त्रीको निर्देशन, समुदायसँग साझेदारी गरिने
-
ज्वालाले फिर्ता लिइन् सहमहामन्त्रीको उम्मेदवारी
-
मनसुनी, पश्चिमी र स्थानीय वायुको प्रभाव : आज यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा
-
तनहुँमा २७ वन्यजन्तुको उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण