राष्ट्रिय सभामा तालमेल : कांग्रेस–एमाले ७/७, नेकपा ३ र जसपा नेपालले १ सिट भाग पाउने
काठमाडौं । राष्ट्रिय सभा निर्वाचनमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र मधेशकेन्द्रित जनता समाजवादी पार्टी (जसपा)नेपाल बिच तालमेल हुने करिब निश्चित भएको छ ।
कांग्रेस–एमालेले ७/७, नेकपाले ३ र जसपाले १ सिट लिनेगरी तालमेल गर्ने तयारी अन्तिम चरणमा पुगेको कांग्रेस नेता रमेश लेखकले रातोपाटीलाई जानकारी दिए । ‘कांग्रेस÷एमालेलाई ७/७, नेकपालाई ३ र जसपालाई एक सिट दिनेगरी तालमेलको अन्तिम तयारी छ । संख्यामा लगभग टुंगिएको छ,’ तालमेलका लागि भइरहेका वार्तामा सहभागी भइरहेका लेखकले रातोपाटीसँग भने, ‘क्लस्टर टुंगिन बाँकी छ ।’
लेखकले साँझसम्म सबै विषय टुंग्याइने जानकारी दिए । संख्यामा नेकपा र जसपाले चित्त बुझाइनसकेको लेखकले बताए ।
कांग्रेसले ८ सिट मागे पनि ७ सिटमा चित्त बुझाएकाले नेकपालाई पनि चित्त बुझाउन नेताहरूले आग्रह गरिरहेका छन् । नेकपाले ४ र जसपाले दुई सिट मागिरहेको लेखकले बताए ।
माघ ११ गते राष्ट्रियसभाका १८ सिटमा निर्वाचन हुँदैछ । निर्वाचन आयोगले बुधबार उम्मेदवारी दर्ताको समय राखेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुनावी परिणामलाई लिएर हार मानेको छैन: कुलमान
-
जीवन आफैँमा एक निरन्तर अभ्यास हो : दयाहाङ राई
-
लिङ्ग परिवर्तनको शल्यक्रियापछि अनायाले पोखिन् पीडा
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण