बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय

तालमेल गरी राष्ट्रिय सभा निर्वाचनमा जाने कांग्रेसको निर्णय

मङ्गलबार, २२ पुस २०८२, १७ : ४२
मङ्गलबार, २२ पुस २०८२

सारांश

  • नेपाली कांग्रेसले राष्ट्रिय सभा निर्वाचनमा अन्य दलहरूसँग तालमेल गर्ने निर्णय गरेको छ।
  • कांग्रेसले माघ ११ गते हुने निर्वाचनमा अन्य दलहरूसँग मिलेर जाने निर्णय गरेको हो।
  • सिट बाँडफाँटको विषयमा सहमति भए पनि कुन क्लस्टरमा उम्मेदवार उठाउने भन्ने टुङ्गो लाग्न बाँकी छ।

काठमाडौँ । नेपाली कांग्रेसले तालमेल गरी राष्ट्रिय सभा निर्वाचनमा जाने निर्णय गरेको छ । मंगलबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले अन्य राजनीतिक दलहरुसँग तालमेल गरी निर्वाचनमा जाने निर्णय गरेको मुख्यसचिव कृष्ण प्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

‘संवत् २०८२ साल माघ ११ गते आइतबारका दिन हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसले अन्य राजनीतिक दलहरुसँग तालमेल गरी निर्वाचनमा जाने निर्णय गर्दछ’, विज्ञप्तिमा भनिएको छ । 

माघ ११ गते राष्ट्रियसभाका १८ सिटमा हुने निर्वाचनमा दलहरूले तालमेल गर्ने प्रयास गरिरहेका छन् ।  दलहरूबिच तालमेलको प्रयासबारे कांग्रेसका तर्फबाट सहभागी भइरहेका नेता रमेश लेखकका अनुसार कांग्रेस/एमालेलाई सात/सात, नेपाली कम्युनिस्ट पार्टीलाई ३ र जसपा नेपाललाई १ सिट दिने करिब सहमति बनेको छ । 
तर, कुन क्लस्टरमा कुन पार्टीका उम्मेदवार उठाउने भन्ने टुङ्गिन बाँकी रहेको नेता लेखकले केही रातोपाटीलाई बताएका थिए । 

कार्यसम्पादन समितिको अर्को बैठक बुधबार बिहान ९ बजे पुनः बस्ने पौडेल बताए । 

आजको बैठकमा महामन्त्री गगनकुमार थापा, सहमहामन्त्रीहरु— फरमूल्लाह मन्सुर र जीवन परियारले आफ्नो धारणा व्यक्त गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप