कर्णाली प्रदेशमा ६६ प्रतिशत मात्र रोपाइँ
सुर्खेत– असार महिनाको अन्तिम दिनसम्म कर्णाली प्रदेशमा ६६ प्रतिशतमात्रै रोपाइँ भएको छ । क्षेत्रीय कृषि निर्देशनालय सुर्खेतका अनुसार कर्णाली अञ्चलका डोल्पा र जुम्लामा रोपाइँ सम्पन्न भएको छ । समयमै पानी नपर्दा कर्णाली प्रदेशमा ३४ प्रतिशत रोपाइँ अझैसम्म हुन सकेको छैन । सुर्खेत र दैलेखमा एक तिहाई मात्र रोपाइँ भएको छ ।
कर्णाली प्रदेशका हुम्लामा ९५ प्रतिशत, कालीकोटमा ९०, मुगुमा ७०, दैलेखमा ४०, सुर्खेतमा ५०, रुकुम पश्चिममा ८०, सल्यानमा ८५ र जाजरकोटमा ९५ प्रतिशत रोपाइँ भएको क्षेत्रीय कृषि निर्देशनालय सुर्खेतका सूचना अधिकारी नरेन्द्र थापाले जानकारी दिए ।
अघिल्लो वर्षको यही अवधिमा कालीकोटमा ७०, हुम्लामा नौ, मुगुमा ६५, दैलेखमा ४५, सुर्खेतमा ४०, रुकुममा ७०, सल्यानमा ७८ र जाजरकोटमा ८० प्रतिशत तथा डोल्पा र जुम्लामा शतप्रतिशत रोपाइँ भएको थियो ।
‘अबको केहीदिनमै पानी नपरे खेत बाँझो रहने सम्भावना छ,’ थापाले भने– ‘पानी नपर्दा ब्याडमै बीउ सुक्न थालेको छ ।’ खाद्यान्न उत्पादन कम हुने कर्णाली प्रदेशमा समयमै पानी नपर्दा खाद्यान्न संकट हुन सक्ने थापा बताउछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज यी ५ प्रदेशमा अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण