राष्ट्रियसभा निर्वाचन : मधेसबाट ११ जनाले गराए मनोनयन पत्र दर्ता
धनुषा । राष्ट्रियसभा निर्वाचनका लागि मधेस प्रदेशबाट ११ जना उम्मेदवारले मनोनयन पत्र दर्ता गराएका छन् ।
मधेसमा ४ राष्ट्रियसभा सिटका लागि कांग्रेस–एमाले गठबन्धन, माओवादी केन्द्र, लोसपा नेपाल तथा जसपा नेपालबाट ११ जना उम्मेदवारले बुधबार मनोनयन पत्र दर्ता गराएका हुन् ।
लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुरले अन्य तर्फ उम्मेदवारी दर्ता गराएका छन् । उनको उम्मेदवारीमा लोसपाको मधेस प्रदेशसभा सदस्य जयनुल राइन प्रस्तावक र रानी शर्मा तिवारी समर्थक बसेका थिए । ठाकुरको उम्मेदवारीमा जसपा नेपालको पनि समर्थन छ ।
त्यस्तै मधेसमा जसपा नेपालबाट राष्ट्रियसभा सदस्यका लागि तीन जनाको उम्मेदवारी दर्ता भएको छ ।
जसपा नेपालबाट अल्पसङ्ख्यकतर्फ शैलेश चौधरी, महिलातर्फ चन्दा साह र दलिततर्फ चमेली देवी दासले उम्मेदवारी गराएका हुन् । जसपा नेपालबाट उम्मेदवारी दिने चौधरी सप्तरी, साह सिरहा र दास धनुषाकी हुन् ।
नेपाली कम्युनिस्ट पार्टी(नेकपा)बाट दलित कोटामा शम्भु पासवान, अल्पसंख्यकबाट रामनन्दन प्रसाद, अन्यबाट लक्ष्मण पौडेल र मधेसी कोटाबाट समी कुमारी अग्रवालले उम्मेदवारी दर्ता गराएका हुन् ।
त्यस्तै कांग्रेस–एमाले गठबन्धनबाट दलित कोटामा कांग्रेसका अमरेन्द्र पासवान, अल्पसंख्यक कोटामा कांग्रेसका रञ्जित कर्ण र महिला कोटामा एमालेकी रेखा झाले उम्मेदवारी दर्ता गराएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रजातन्त्रका लागि लडेको कांग्रेसमै निरङ्कुशता सुरु भयो : शेखर कोइराला
-
मंगलबारदेखि सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप हुने
-
सामाजिक सञ्जाल ट्रायल र सिन्धुलीको वैचारिक सङ्घर्ष
-
नेता र राज्यका अङ्गहरू स्वार्थ समूहको गोजीमा थिए, त्यो जालो अब तोडिन्छ : अर्थमन्त्री
-
विश्व आदिवासी युवा सम्मेलन सम्पन्न
-
युवाहरूले बिदेसिनै पर्ने बाध्यता चिर्ने सुरुवात बजेटले गरेको छ : अर्थमन्त्री वाग्ले
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण