पटक पटक विज्ञापन गर्दा पनि नआएपछि नियमावली मिचेरै भए पनि शिक्षक नियुक्ति
काठमाडौँ । काभ्रेको रोशी गाउँपालिका–४ स्थित जोगेश्वर माध्यमिक विद्यालयमा कानुन मिचेर शिक्षक नियुक्त गरिएको पाइएको छ ।
गाउँपालिकाको सहमतिमा मंसिर २१ मा विद्यालयले कैलाली घर भएका तिलकराज न्युरेलाई गणित शिक्षकमा नियुक्त गरिएको हो । उमेरहद नाघिसकेका न्युरेलाई नियुक्त गरेको भन्दै अख्तियरमा उजुरी दर्ता भएको छ । संघीय अनुदानमा मावि दरबन्दीको गणित शिक्षकमा नियुक्त न्युरेको उमेर ४६ वर्ष ८ महिना पूरा भएको कागजातबाट देखिन्छ ।
प्रचलित शिक्षा ऐन २०२८, शिक्षा नियमावली, २०५९ र शिक्षक सेवा आयोग नियमावली, २०५७ अनुसार ४० वर्ष पूरा भएकालाई शिक्षक पदमा नियुक्ति दिन मिल्दैन । शिक्षक सेवा आयोग नियमावली, २०५७ को परिच्छेद–३ को उपनियम १० ले उमेरहदबारे स्पष्ट किटान गरेको छ ।
रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले ३ पटक सम्म विज्ञापन गर्दा पनि गणित पढाउने शिक्षक प्रतिस्पर्धामा नआएपछि न्युरेलाई नियुक्त गर्नुपरेको बताएका छन् । उनले भने, ‘पटक–पटक विज्ञापन गर्दा पनि मावि लाइसेन्स भएको र गणित पढाउने मान्छेको आवेदन परेन, त्यसैले अर्को व्यवस्था नहुञ्जेल भनेर उहाँलाई नियुक्त गरिएको हो ।’
नियमविपरीत नियुक्त भएका शिक्षक न्युरेले संघीय अनुदानको सरकारी स्रोतबाट तलब सुविधा लिन्छन् । आउँदो एसईईसम्म कक्षा लिनेगरी उनलाई नियुक्त गरिएको उल्लेख गर्दै गाउँपालिका अध्यक्षले भने, ‘एक वर्ष नै भइसक्यो मान्छे नआएपछि व्यवहारिकता हेरेर नियुक्त गरियो ।’
रोशी गाउँपालिका वडा नम्बर–९ स्थित विन्ध्यबासिनी माविमा करारमा पढाउँदै आएका न्युरे त्यहाँ स्थायी शिक्षक आएपछि उक्त स्कुलबाट बाहिरिएका थिए । त्यसपछि उनी जोगेश्वर माविमा नियुक्त भएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भेनेजुएला भूकम्प: मृतकको सङ्ख्या ५८९ पुग्यो
-
भोजपुरमा डेङ्गी नियन्त्रणका लागि ‘खोज र नष्ट गर’ अभियान सुरु
-
भारत लैजान लागेको ४ केजी अफिम सहित दुई जना पक्राउ
-
पर्यटकको बसाइ लम्ब्याउन घान्द्रुकमा चक्रीय पदमार्ग निर्माण
-
भूलबस मिसाइल आक्रमणबारे ‘गलत’ चेतावनी दिएकोमा युएईद्वारा क्षमा याचना
-
दुई दिनमा १८ लाख बराबरको ड्रागन फ्रुटको कारोबार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण