आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

गौशालाबाट ४ जना पाकेटमार पक्राउ

बिहीबार, २४ पुस २०८२, ११ : ११
बिहीबार, २४ पुस २०८२

सारांश

  • काठमाडौंको गौशालाबाट प्रहरीले पाकेट मारेको आरोपमा ४ जनालाई पक्राउ गरेको छ।
  • पक्राउ पर्नेमा सरोज खड्का, विकाश लामा, राजु गुरुङ र सुवास मगर रहेका छन्।
  • पीडितले २ लाख ७५ हजार गुमाएको र सीसीटिभी फुटेजको आधारमा उनीहरू पक्राउ परेका हुन्।

काठमाडौँ । प्रहरीले काठमाडौँ महानगरपालिका वडा नम्बर–८ गौशालास्थित तिलगंगाबाट पाकेट मारेको आरोपमा ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दक्षिणकाली घर भएका ३७ वर्षीय सरोज खड्का, काभ्रेको महाभारत घर भएका ४२ वर्षीय विकाश लामा, तनहुँ घर भएका ३३ वर्षीय राजु गुरुङ र ललितपुर महानगरपालिका–७ बस्ने सुवास मगर छन् ।  

एयरपोर्ट गेटबाट मयुर यातायातमा चढेका यात्रुको साथबाट उनीहरुले २ लाख ७५ हजार पाकेट मारेको पीडितले प्रहरीलाई बताएका छन् । बुधवार पीडितले घटनाबारे जानकारी गराएपछि खटिएको प्रहरीले सीसीटिभी फुटेजको आधारमा उनीहरूलाई पक्राउ गरेको हो ।

आरोपीहरूले यात्रुको झोलामा भएको नगद निकालेर फरार भएको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरू बताउँछन् । आरोपीहरूमाथि प्रहरी वृत्त गौशालाले अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप