पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव शर्माको नियुक्ति बदरकाे रिटमा सुनुवाइ हुँदै
सारांश
- पशुपति क्षेत्र विकास कोषका सदस्य–सचिव प्रकाशमणि शर्माको नियुक्ति बदर गर्न माग गर्दै रिट दायर गरिएको छ।
- निवेदकले सदस्य–सचिव शर्माको उमेर हदलाई लिएर नियुक्ति बदरको माग गरेका छन्।
- पशुपति क्षेत्र विकास कोष ऐन, २०४४ अनुसार शर्मालाई संस्कृति मन्त्रीले नियुक्त गरेका थिए।
काठमाडौँ । पशुपति क्षेत्र विकास कोषका सदस्य–सचिव प्रकाशमणि शर्माको नियुक्ति बदर गर्न माग गर्दै दायर रिट सुनुवाइका लागि पेसी तोकिएको छ । न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ ।
काठमाडौँ महानगरपालिका वडा नं. ८ निवासी भेषराज लुइँटेलले कोष र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई विपक्षी बनाउँदै बुधबार रिट दर्ता गरेका थिए ।
सदस्य–सचिव शर्माको उमेर हदका कारण देखाउँदै नियुक्ति बदरको माग गर्दै रिट निवेदनमा माग गरिएको छ । सरकारले कुनै पनि सार्वजनिक पदमा नियुक्तिका लागि उमेर हदको व्यवस्था कानुनमा गरेको र सर्वोच्च अदालत तथा संवैधानिक आयोगहरूमा समेत ६५ वर्षमा अवकाश हुने व्यवस्था रहेको अवस्थामा पशुपति क्षेत्र विकास कोषका सदस्य–सचिव शर्मा ७० वर्ष उमेर पूरा गरिसकेको दाबी रिट निवेदनमा गरिएको छ ।
७० वर्ष उमेर पूरा गरिसकेको व्यक्ति पशुपति क्षेत्र विकास कोषको सदस्य–सचिव हुन नपाउने रिट निवेदक लुइँटेलको दाबी छ । पशुपति क्षेत्र विकास कोष ऐन, २०४४ बमोजिम संस्कृति मन्त्री अनिलकुमार सिन्हाले गत मङ्सिर २९ गते प्रकाशमणि शर्मालाई सदस्य–सचिवमा नियुक्त गरेका थिए । कोषका सदस्य–सचिवको कार्यकाल चार वर्ष तोकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
-
पाकिस्तानमा फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण