बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय

सार्वजनिक सेवा प्रवाहमा हुलाक टिकट आवश्यक नपर्ने

शुक्रबार, २५ पुस २०८२, १४ : ०५
शुक्रबार, २५ पुस २०८२

सारांश

  • अर्थ मन्त्रालयले कागजातको आधिकारिकताका लागि हुलाक टिकट टाँस्ने अभ्यास हटाएको छ।
  • यो निर्णय मन्त्रिपरिषद्को मंसिर २९ गतेको निर्णय अनुसार गरिएको हो।
  • यस निर्णयले सेवा प्रवाह प्रक्रियालाई प्रभाव पार्नेछ, तर कानुनमा किटानी व्यवस्था भएमा बाहेक।

काठमाडौँ । अर्थ मन्त्रालयले प्रचलित कानुनमा व्यवस्था भएबाहेक सेवा प्रवाहको प्रक्रियामा कागजातको आधिकारिकताका लागि आय टिकटका रूपमा हुलाक टिकट टाँस्ने अभ्यास, प्रचलन वा व्यवस्था हटेको जनाएको छ । 

मन्त्रिपरिषद्को गत मङ्सिर २९ गते को निर्णयअनुसार उक्त निर्णय गरेको मन्त्रालयले जनाएको छ । उक्त निर्णय अनुसार यस मन्त्रालय अन्तर्गतका ‘निकाय/विभाग/कार्यालयहरूबाट प्रदान हुने सेवा प्रवाहको प्रक्रियामा प्रचलित कानुनमा किटानी व्यवस्था भएकोमा बाहेक कागजातको आधिकारिकताका लागि आय टिकटका रूपमा हुलाक टिकट टाँस्ने प्रचलन तथा अभ्यास हटाउने व्यवस्था मिलाइएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ’, मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ ।

608915514_1201253654887930_5069798050210351120_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप