आइतबार, २१ असार २०८३
ताजा लोकप्रिय

महिला नेतृहरू पुगेर राप्रपा कार्यालयमा होहल्ला, खुश्बु र सरस्वतीलाई समानुपातिक सूचीमा राखिएको भन्दै विरोध

शुक्रबार, २५ पुस २०८२, १७ : ५६
शुक्रबार, २५ पुस २०८२

सारांश

  • राप्रपाका महिला नेतृहरूले पार्टी कार्यालयमा 'परिवारवाद' अन्त्यको माग गर्दै नाराबाजी गरे।
  • महिला सङ्गठनकी सचिव चम्पा अधिकारीसहितका नेतृहरूले महामन्त्रीलाई ज्ञापनपत्र बुझाए।
  • समानुपातिक सूचीमा खुश्बु ओली र सरस्वती लामाको नाम समावेश गरिएकोमा असन्तुष्टि व्यक्त गरियो।

काठमाडौँ । राप्रपाका महिला नेतृहरूले पार्टी केन्द्रीय कार्यालयमा पुगेर होहल्ला गर्दै ‘परिवारवाद’ अन्त्यको मागसहित नाराबाजी गरेका छन् ।

पार्टीले समानुपातिक सूचीमा राखेका उम्मेदवारहरू सही नभएको भन्दै महिला सङ्गठनकी सचिव चम्पा अधिकारी सहितका नेतृहरूले महामन्त्री राजेन्द्र गुरुङलाई ज्ञापनपत्र नै बुझाएका छन्  । 

शुक्रबार दलबलसहित पुगेका महिला नेतृहरूले सो क्रममा परिवारवादको विरोधमा चर्को नाराबाजी गरेका थिए भने सो क्रममा प्रहरीले नै विवाद मिलाउन पुगेको एक नेताले बताए । 

विशेष गरी समानुपातिक सूचीमा खुश्बु ओली र सरस्वती लामालाई राखिएको विषयमा उनीहरूको असन्तुष्टि रहेको बताइएको छ । सरस्वती उपाध्यक्ष बुद्धिमान तामाङकी श्रीमती हुन् । 

यस्तै खुश्बु ओलीले पहुँचको भरमा समानुपातिकमा आफ्नो हैसियत बनाउन खोजेको महिला नेतृहरूको भनाइ छ ।

पार्टीमा योगदान दिएका र समानुपातिकमा राख्नुपर्नेहरु धेरै भएपनि त्यसविपरीत पार्टी गएकाले आफूहरूले विरोधसहित ज्ञापनपत्र बुझाएको अधिकारीले बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप