शुक्रबार, १२ असार २०८३
ताजा लोकप्रिय

आदिवासी जनजाति प्रतिष्ठानले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने

शुक्रबार, २५ पुस २०८२, १९ : २९
शुक्रबार, २५ पुस २०८२

काठमाडौं । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले लोकसेवा परीक्षा तयारीका लागि शाखा अधिकृत र नायब सुब्बा लक्षित निःशुल्क अनलाइन कक्षा सञ्चालनमा ल्याएको छ । शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रतिष्ठानका सदस्य–सचिव ज्ञानेन्द्र पुनले प्रतिष्ठानले हाल सातै प्रदेशमा अभिमुखीकरण तालिम सञ्चालन गरिरहेको जानकारी दिए । 

पुनले आदिवासी जनजाति समुदायका युवालाई लोकसेवा परीक्षामा प्रतिस्पर्धी बनाउने उद्देश्यले यस्ता कार्यक्रम सञ्चालन गरिएको बताए । प्रतिष्ठानका उपाध्यक्ष रेशम गुरुङले प्रतिष्ठानले आदिवासी जनजातिको हक हित संरक्षण र सशक्तीकरणमा निरन्तर काम गर्दै आएको उल्लेख गरे । ‘हामीले लिएको लक्ष्यलाई सही रूपमा उपयोग गरे देशका लागि सुयोग्य र सक्षम राष्ट्रसेवक कर्मचारी उत्पादन गर्न सकिन्छ,’ उनले भने ।

लोकसेवा आयोगका पूर्वअध्यक्ष उमेश मैनालीले लोकसेवा आयोग नेपालको पहिलो लोकतान्त्रिक संस्था भएको बताउँदै आयोगमा कुनै पनि प्रकारको धाँधली नहुने स्पष्ट पारे । उनले लोक सेवामार्फत तलब खाएर राष्ट्रको सेवा गर्न पाउनु गौरवको विषय भएको धारणा व्यक्त गरे ।

प्रतिष्ठानका अनुसार कक्षा कार्यक्रमअन्तर्गत शाखा अधिकृतका लागि १ सय ६० दिन र नायब सुब्बाका लागि १ सय १५ दिनको तयारी कक्षा सञ्चालन गरिनेछ । प्रतिष्ठानले नेटवर्क एजुकेसन एकेडेमीको सहकार्यमा कक्षा सञ्चालन गर्न लागेको हो । यस कार्यक्रमबाट देशभरका दुई हजारभन्दा बढी विद्यार्थी लाभान्वित हुने अपेक्षा गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप