रणनीति, ट्रान्सफर र तनाव : एमोरिमको पतनको भित्री कथा
सारांश
- म्यानचेस्टर युनाइटेडका प्रशिक्षक रुबेन एमोरिमलाई १४ महिनापछि बर्खास्त गरिएको छ।
- एमोरिमको रणनीति, खेलाडी छनोट र क्लब व्यवस्थापनसँगको असमझदारीका कारण बर्खास्तगी भएको हो।
- क्लबले एमोरिमको स्थानमा नयाँ प्रशिक्षक खोजिरहेको छ, तर टोलीका समस्याहरू समाधानका लागि नयाँ रणनीति मात्र पर्याप्त नहुन सक्छ।
म्यानचेस्टर । म्यानचेस्टर युनाइटेडमा रुबेन एमोरिमको १४ महिने कार्यकालको सम्झना सायद ग्रिम्सबीको डगआउटमा उनी डराएर लुकेको तस्बिरमा सीमित हुन सक्छ।
यो घटना अगस्टमा काराबाओ कपको खेलका लागि समुद्री तटीय सहरको यात्राका क्रममा भएको थियो, जुन युनाइटेडका लागि निकै खराब सावित भयो। पेनाल्टीमा १२-११ को लज्जास्पद हार व्यहोरेको युनाइटेड, चौथो श्रेणीको टोलीसँग पराजित भएको यो क्लबको इतिहासमै पहिलो घटना थियो।
खेलपछिको एमोरिमको प्रतिक्रिया हेर्दा लाग्थ्यो, उनी यो जिम्मेवारी आफ्नो क्षमताभन्दा बाहिर भएको स्वीकार गर्न लागिरहेका थिए। तर, केही दिनपछि उनले आफ्ना भावनाहरूले कहिलेकाहीँ जित्ने गरेको र त्यसैकारण सार्वजनिक रूपमा गलत कुरा बोलेको प्रस्टीकरण दिए।
तथापि, उनी रोकिनेवाला थिएनन्। उनको व्यक्तित्वका धेरै पाटाहरू थिए । जस्तै, एमोरिम एकपटक कुनै बाटोमा लागेपछि परिवर्तन हुँदैनथे। यही बानी उनको पतनको कारण बन्यो।
ड्रेसिङ रुमनजिक रहेका एक आलोचकले निजी रूपमा भनेका थिए, एमोरिम मिडियासँग बोल्दा मात्र आकर्षक सुनिन्थे, र उनी वास्तवमा सिपालु भएको काम त्यही मात्र थियो। यो निकै कडा टिप्पणी भए पनि केही हदसम्म कठोर सत्य पनि थियो।
एमोरिमको अन्तिम खेल लिड्ससँग १-१ को बराबरी थियो। यो नतिजाले टोलीलाई प्रिमियर लिगको सम्मानजनक छैटौँ स्थानमा त राख्यो, तर पत्रकारहरूसँगको उनको विवादास्पद टिप्पणीहरूले चर्चा पायो।
उनको रणनीतिमा निरन्तर चिन्ता, एकेडेमीका खेलाडीहरूलाई निर्मम रूपमा हटाएकोमा व्यवस्थापनको असन्तुष्टि र सिनियर खेलाडीहरूको आलोचनाका कारण क्लबले दोस्रो विकल्प (बर्खास्त) रोज्ने सम्भावना पहिले नै प्रबल थियो।
शुक्रबार मिडियासँगको उनको पहिलो अन्तरक्रियामा पर्दा पछाडि फुट रहेको कुरा घुमाउरो पाराले स्वीकार गरिएको थियो। खेलपछि, उनले आफ्नो अन्तिम जवाफमा ‘म राजीनामा दिन्नँ’ भन्दै चुनौती दिए। यसको अर्थ प्रष्ट थियो – युनाइटेडले कि त एमोरिमलाई समर्थन गर्नुपर्थ्यो वा बर्खास्त गर्नुपर्थ्यो।
उनको रणनीतिमा निरन्तर चिन्ता, एकेडेमीका खेलाडीहरूलाई निर्मम रूपमा हटाएकोमा व्यवस्थापनको असन्तुष्टि र सिनियर खेलाडीहरूको आलोचनाका कारण क्लबले दोस्रो विकल्प (बर्खास्त) रोज्ने सम्भावना पहिले नै प्रबल थियो।
यहाँ म्यानचेस्टर युनाइटेडका ‘हेड कोच’ (म्यानेजर होइन) का रूपमा एमोरिमको कार्यकाल र यहाँसम्मको स्थितिको भित्री कथा खोतलिएको छ।
पोप, फर्मेसन र अन्त्यको सुरुवात
_uOdmUTpwHv.png)
एमोरिमको नियुक्तिलाई एक प्रगतिशील कदमका रूपमा हेरिएको थियो, क्लबले यस्तो व्यक्ति ल्याएको थियो जो आधुनिक संरचनामा काम गर्न र विकास गर्न सक्थे। तर ४० वर्षीय एमोरिमसँगै एउटा विशिष्ट खेल शैली र ३-४-३ को फर्मेसन (रणनीति) पनि आयो, जुन उनले स्पोर्टिङमा प्रयोग गरेका थिए।
एमोरिमलाई जति धेरै यस बारेमा प्रश्न सोधिन्थ्यो, उनी आफ्नो अडानमा उति नै कडा हुन्थे। उनलाई लाग्थ्यो कि परिवर्तन गर्दा खेलाडीहरूको नजरमा उनी कमजोर देखिनेछन् र उनले आफ्नै सन्देशप्रति प्रतिबद्ध नभएको ठानिनेछन्। आफ्नो विधिमा उनी यति विश्वस्त थिए कि एकपटक उनले भनेका थिए, ‘स्वयं पोपले भने पनि म यो बदल्दिनँ।’ अक्टोबरमा उनले स्वीकार गरे कि उनले आफ्ना खेलाडीहरूलाई प्रणाली बदल्नुपर्छ भन्ने बाहिरी हल्ला बेवास्ता गर्न भनेका थिए।
वूल्भ्सविरुद्धको फर्मेसन र त्यसपछिको नतिजा (सिजनभरि जम्मा दुई अंक जोडेको टोलीसँग १-१ को बराबरी र फ्यानहरूले हुटिङ गरेर टोलीलाई बिदा गर्नु) लाई क्लब भित्र अत्यन्त नकारात्मक रूपमा हेरियो।
‘के मिडियाले मलाई के गर्ने भनेर निर्देशन दिने हो?,’ उनले पत्रकारहरूलाई भने, ‘यो हुन सक्दैन। यो कायम राख्न सम्भव छैन। तर मेरा खेलाडीहरूले तपाईंहरूको कुरा सुनिरहेका छन् र त्यसलाई मनमा लिइरहेका छन् किनकि हामीले खेल जितिरहेका छैनौँ। उनीहरूले मलाई विश्वास गर्नुपर्छ किनकि म तपाईंहरू सबैले मिलाएर हेर्नेभन्दा धेरै खेलहरू हेर्छु।’
यो कुरा ३० डिसेम्बरमा छर्लङ्ग भयो। बक्सिङ डे (२६ डिसेम्बर) मा न्युक्यासलविरुद्ध १-० को जितमा पहिलो पटक चार जना डिफेन्डर राखेर खेलाएका उनले, त्यसको चार दिनपछि नै वूल्भ्सविरुद्ध फेरि तीन जना डिफेन्डरको शैली अपनाए।
यसको अर्थ प्याट्रिक डोर्गुलाई दायाँतर्फको आक्रामक भूमिका (जहाँ उनी २६ डिसेम्बरमा निकै प्रभावकारी थिए) बाट हटाएर बायाँ विङ-ब्याकमा सारियो।
प्रशंसकहरू छक्क परे, साथै निराश भए
_idAgHqlLp1.png)
त्यतिबेलासम्म, युनाइटेडले बर्नमाउथबाट एन्टोइन सेमेनियोलाई भित्र्याउने प्रयास गरिरहेको थियो र उनलाई बायाँ विङमा खेलाइने बताइएको थियो। यो क्लबले ३-४-३ भन्दा फरक भविष्य हेरिरहेको स्पष्ट संकेत थियो, विशेष गरी आक्रामक खेलाडीहरूमा २० करोड पाउण्डभन्दा बढी खर्च गरिसकेपछि।
त्यसैले, वूल्भ्सविरुद्धको फर्मेसन र त्यसपछिको नतिजा (सिजनभरि जम्मा दुई अंक जोडेको टोलीसँग १-१ को बराबरी र फ्यानहरूले हुटिङ गरेर टोलीलाई बिदा गर्नु) लाई क्लब भित्र अत्यन्त नकारात्मक रूपमा हेरियो।
प्राविधिक निर्देशक जेसन विलकक्सले त्यसपछि एमोरिमसँग निजी रूपमा कुरा गर्दै रणनीतिक लचकता अपनाउन प्रोत्साहन गरे। तर युनाइटेडले लिड्ससँगको खेलमा पनि तीन जना डिफेन्डरकै रणनीति जारी राख्यो।
यो एमोरिम र उनका हाकिमहरूबिचको सम्बन्धमा अर्को ठूलो धक्का थियो, र उनको निरन्तरको आलोचनाले स्थितिलाई झन् बिगार्यो। एमोरिम विलकक्सको अनावश्यक प्रभावबाट मुक्त भई आफ्नो काम गर्न चाहन्थे। तर एमोरिमले जसलाई हस्तक्षेप ठाने, युनाइटेडले त्यसलाई सामान्य ‘फिडब्याक’ (सुझाव) मानेको थियो, जसलाई बारम्बार अस्वीकार गरिएको थियो।
स्थिति सम्हाल्नै नसकिने भयो। हो, युनाइटेड छैटौँ स्थानमा छ, जुन प्रि-सिजन अपेक्षा अनुरूप नै हो । तर केही सामान्य रणनीतिक सुधार गरेमा यो टोलीले अझ राम्रो नतिजा दिन सक्छ भन्ने धेरैको विश्वास छ।
सोमबार बिहान क्यारिङटन (प्रशिक्षण केन्द्र) मा, विलकक्स र प्रमुख कार्यकारी ओमार बेराडाले एमोरिमलाई पदमुक्त गरिएको जानकारी दिए।
तयारी र अनौठो बानी
_EoJjX0JseF.png)
नतिजा सधैँ राम्रो नभए पनि, खेलाडीहरू उनीसँगै थिए, कम्तीमा ती खेलाडीहरू जो प्रि-सिजन तालिमको सुरुमा निष्कासित ‘बम स्क्वाड’ मा थिएनन्। अमेरिका भ्रमणका क्रममा खेलाडीहरूसँग सार्वजनिक र निजी रूपमा कुरा गर्दा आगामी सिजनका लागि साँच्चिकै उत्साह थियो।
एमोरिमका केही अनौठो बानीहरू थिए, जुन धेरैजसो प्रशिक्षकहरूमा हुन्छ। युरोपेली खेलहरूभन्दा अघिल्लो दिन युनाइटेडले प्रशिक्षणको पहिलो १५ मिनेट खुला गर्दा, एमोरिमले स्प्रिन्ट र (अभ्यास) अर्कै पिचबाट, कहिलेकाहीँ ५० गज टाढा, आफ्नो कोचिङ स्टाफभन्दा धेरै पर बसेर हेरेको देख्नु अनौठो थियो।
जब सत्र सुरु हुन्थ्यो, उनी ह्विसील लिएर धेरै सक्रिय हुन्थे । उनी मिडियालाई ती सत्रहरूमा प्रवेश दिन इच्छुक थिएनन्।
मे महिनामा मलेसिया भ्रमणमा पूर्ण खुला सत्र थियो, तर त्यो भ्रमणमा धेरै फुर्सदको समय दिइएकाले पूर्ण रूपमा व्यावसायिक मानिएको थिएन। जुलाईमा शिकागोमा प्रशिक्षण सुरु भएपछि पहुँच सीमित गरियो। एमोरिमको मिडिया सम्मेलनमा देखिने स्पष्टता उनको प्रशिक्षणको खुलापनमा देखिएन।
तथापि, उनी आफ्नो तयारीमा निकै मिहिनेती थिए।
युनाइटेडमा उनको पहिलो प्रशिक्षण सत्रको फुटेजमा उनले मिडफिल्डर कोबी माइनुलाई पास दिएपछि कति कदम चाल्नुपर्छ र पासिङ कोण बनाउन शरीरलाई कता फर्काउने भनेर ठ्याक्कै सिकाउँदै गरेको देखिन्थ्यो।
गर्मीयाममा, उनले दुई खेलाडीलाई प्रशिक्षणमा एउटै पोजिसनमा राखेर विभिन्न परिदृश्यहरू अभ्यास गराए ताकि उनीहरू पिचको सही क्षेत्रमा पुग्न सकून्।
यो सुन्दा अनौठो लाग्न सक्छ र देख्नेलाई पनि त्यस्तै लाग्थ्यो होला, तर खेलाडीहरूलाई निश्चित पोजिसन र भूमिका तोकिएको हुनाले यो तर्कसंगत नै थियो।
सिद्धान्त र अभ्यास राम्रो थियो। तर वास्तविक खेलमा घटनाक्रमले आफ्नै मोड लिन्छन्।
एमोरिमले प्रत्येक पोजिसनका लागि चार जना खेलाडी रोज्न सक्थे र सायद मेसन माउन्टलाई लेफ्ट विङ-ब्याकमा खेलाउने अवस्था आउने थिएन, जसका लागि ब्रेन्टफोर्डसँग ३-१ को हारपछि पूर्व कप्तान ग्यारी नेभिलले उनको कडा आलोचना गरेका थिए।
एमोरिमको यात्रा कसरी सुरु भयो
_9qS7Li6vle.png)
सामान्यतया प्रशिक्षक नियुक्तिका विषयमा पर्दा पछाडि भएका छलफलहरू हामीले घटनाको धेरै पछि मात्र थाहा पाउँछौँ। तर यसपटक हामीलाई थाहा थियो।
जुलाई २०२४ मा ‘आफ्नो क्षेत्रमा सर्वोत्कृष्ट’ भन्दै ल्याइएका स्पोर्टिङ डाइरेक्टर ड्यान एशवर्थले एरिक टेन ह्यागको विकल्पका लागि दिएका सुझावहरू पर्याप्त सिर्जनशील नभएको भन्दै पाँच महिनापछि नै क्लब छाडे।
त्यसको सट्टा, प्रमुख कार्यकारी ओमार बेराडाले एमोरिमलाई पोर्चुगिज क्लब स्पोर्टिङबाट फकाएर ल्याए। जब एमोरिमले नोभेम्बरबाट सिजनको अन्त्यसम्म नियुक्ति सार्न सकिन्छ कि भनेर सोधे, उनलाई ‘अहिले वा कहिल्यै होइन’ भनियो।
त्यसबेला बेराडा बाहेक, युनाइटेडमा प्राविधिक निर्देशकका रूपमा जेसन विलकक्स, अन्तरिम भर्ती निर्देशकका रूपमा क्रिस्टोफर भिभेल र र्याटक्लिफका दाहिने हात मानिने सर डेभ ब्रेल्सफोर्ड फुटबल क्लब निर्देशकका रूपमा थिए।
पहिलो तीनजना अझै पनि युनाइटेडको भर्ती टोलीका अभिन्न अंग हुन्, विलकक्सको जिम्मेवारी बढेको छ भने भिभेल स्थायी भएका छन्। तर, ब्रेल्सफोर्ड भने पछि हटेर इनियोसको खेलकुद प्रमुखको फराकिलो भूमिकामा केन्द्रित भएका छन्।
अर्को असफल प्रशिक्षक नियुक्तिको भग्नावशेष केलाउँदा, एमोरिममाथि जति प्रश्न उठेको छ, उनीहरूमाथि पनि उत्तिकै उठेको छ। उनीहरूलाई थाहा थियो कि एमोरिम एउटा निश्चित फर्मेसन (रणनीति) मा अडिग छन्, जुन उनी जतिसुकै बाहिरी आलोचना भए पनि परिवर्तन गर्न चाहँदैनथे।
यद्यपि, युनाइटेडका भित्री स्रोतहरूका अनुसार एमोरिमले निजी कुराकानीमा आफू अनुकूलन हुन तयार रहेको बाचा गरेका थिए। उनीहरूको सबैभन्दा ठुलो निराशा नै यही हो कि उनले व्यवहारमा त्यो लागू गरेनन्।
निष्कासित खेलाडी र नयाँ अनुबन्ध
_t5LrqloBjz.png)
एमोरिमको नेतृत्वमा युनाइटेड यस्तो तल्लो स्तरमा पुग्यो जुन आजको फुटबलको आर्थिक संरचना अनुसार असम्भव हुनुपर्ने थियो। डेलोइटको २०२५ को वरीयता अनुसार विश्वको चौथो धनी क्लब भएर पनि युनाइटेडले धेरैजसो समय ब्रेन्टफोर्ड, बर्नमाउथ र ब्राइटन जस्ता राम्रो व्यवस्थापन भएका साना प्रतिद्वन्द्वीहरूसँग प्रतिस्पर्धा गर्न संघर्ष गर्यो। गत सिजन वेस्ट ह्यामभन्दा पछाडि पर्यो र वूल्भ्ससँग अंक बराबरी गर्यो।
एमोरिमले यो सिजन राम्रो हुने बाचासहित गर्मीयाममा काम सुरु गरेका थिए। केही हदसम्म भयो पनि, तर के युनाइटेडका म्यानेजरलाई १५औँ स्थानको नतिजासँग दाँज्नु सही हो ?
तर, प्रश्न प्रशिक्षकमाथि मात्र उठाउन मिल्दैन।
युनाइटेडलाई थाहा थियो उनीहरू केमा फस्दैछन्। के र्याटक्लिफको ‘सर्वोत्कृष्ट’ भन्ने भनाइ बेराडामा लागू हुन्छ ? वा विलकक्समा, जसको प्राविधिक निर्देशकका रूपमा अनुभव साउथह्याम्पटनमा युनाइटेडको जागिर स्वीकार्नु अघि १५ महिना मात्र सीमित थियो ?
एमोरिमलाई ल्याउनु र ‘अहिले वा कहिल्यै होइन’ भन्ने अल्टिमेटम दिनु अघि युनाइटेडको नेतृत्वलाई पक्कै थाहा थियो कि विद्यमान टोली प्रशिक्षकको शैलीमा फिट हुँदैन। तैपनि उनीहरूले गर्मीयाममा २० करोड पाउण्डभन्दा बढी खर्च गरेर उनलाई समर्थन गरे र मार्कस रासफोर्ड, जेडन सान्चो, एन्टोनी र अलेजान्ड्रो गार्नाचोलाई टोलीबाट बाहिर राख्ने उनको निर्णयलाई सदर गरे।
गार्नाचोलाई हटाउने एमोरिमको तरिकाप्रति सायद क्लबभित्र असन्तुष्टि थियो, जसले खेलाडीको बजार भाउ घटायो र खेलाडी स्वयंले चेल्सी जाने इच्छा देखाउँदा विकल्प सीमित भयो।
उनीहरूले मुख्य स्ट्राइकर परिवर्तन गर्ने एमोरिमको चाहनालाई पनि स्वीकारे, जसको अर्थ ७ करोड २० लाख पाउण्डका रास्मस होयलन्ड स्कट म्याकटोमिनेसँगै नापोली पुगे, जबकि आरबी लेइपजिगबाट ७ करोड ४० लाख पाउण्डमा ल्याइएका बेन्जामिन सेस्कोले १७ खेलमा जम्मा दुई गोल गरे।
तर उनीहरूले एमिलियानो मार्टिनेजको हकमा भने अस्वीकार गरे।
एमोरिम एस्टन भिल्लाका विश्वकप विजेता गोलकिपर चाहन्थे। युनाइटेडका मालिकहरूले त्यो स्वीकार गरेनन् र धेरै कम तलबमा युवा सेने लामेन्समा लगानी गर्न रुचाए। डाटा विश्लेषण र वस्तुपरक निर्णयले लामेन्स भविष्यमा युरोपको उत्कृष्ट गोलकिपर बन्न सक्ने देखाएको छ र युनाइटेडका अधिकारीहरू आफ्नो छनौटमा ढुक्क छन्।
यसको सट्टा, युनाइटेडले प्रतिफलको आशामा अग्रपंक्तिका पोजिसनहरूमा भारी लगानी गर्यो।
तर म्याकटोमिनेलाई बेचेर उरुग्वेका अन्तर्राष्ट्रिय खेलाडी म्यानुएल उगार्टेमा धेरै खर्च गर्ने निर्णयमा अझै पनि प्रश्नचिन्ह छ, जसले युरोपा लिगको फाइनलमा कुनै भूमिका खेलेनन् । त्यहाँ कासेमिरो सुरुवाती ११ मा थिए।

भर्ती प्रक्रिया सामूहिक असफलता हो र यो एमोरिमभन्दा धेरै अघि देखिको समस्या हो। बर्नमाउथका सेमेनियोलाई भित्र्याउन नसक्नुले प्रमाणित गर्छ, युनाइटेड अब पहिले जस्तो आकर्षक गन्तव्य रहेन।
डेभिड मोयेस, लुइस भान गाल, जोसे माउरिन्हो, ओले गनर सोल्स्कजायर, राल्फ राङ्गनिक र टेन ह्याग जस्तै एमोरिम पनि अब ‘हिजोको मान्छे’ (विगत) भइसकेका छन्।
उत्तराधिकारीको खोजी जारी छ। तर म्यानचेस्टर युनाइटेडका समस्याहरू समाधान गर्न नयाँ फर्मेसनसहितको नयाँ मान्छे मात्र पर्याप्त नहुन सक्छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युद्धविराम घोषणाको केही घण्टामै इजरायल र हिजबुल्लाहबिच हानाहान
-
फिफाको आचारसंहिता अन्तिम समयमा फेरबदल : रङ्गशालाभित्र पानीका बोतल लैजान नपाइने
-
युद्धबिच राष्ट्रिय एकताको आह्वान गर्दै इरानका सर्वाेच्च नेताको सन्देश
-
रवि लामिछानेका सामु भारतीय प्रधानमन्त्री मोदीले दोहोर्याए १२ वर्ष पुरानो कुरा
-
फिल्म अभिनयमा डेब्यु गर्दै गायक पशुपति शर्मा
-
टिकटकर तुलसा अधिकारीको थुनछेक बहस सकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण