कांग्रेस विशेष महाधिवेशनमा नाम दर्ता गर्नेको भीड (तस्बिरहरू)
सारांश
- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनमा प्रतिनिधिहरूको नाम दर्ता भइरहेको छ।
- महाधिवेशन दिउँसो १ बजे उद्घाटन हुने र ६० प्रतिशत प्रतिनिधि सहभागी हुने दाबी छ।
- नेता तथा कार्यकर्ताहरू बिहान ११ बजे र्यालीका साथ भृकुटीमण्डप प्रस्थान गर्नेछन्।
काठमाडौँ । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया जारी छ । कार्यक्रमस्थल भृकुटीमण्डप मूल गेट सँगैका स्टलहरूबाट नामावली दर्ता भइरहेको जिल्ला, क्षेत्र समन्वय समिति संयोजक युवराज पाण्डेले जानकारी जानकारी दिए ।
विशेष महाधिवेशनको उद्घाटन दिउँसो १ बजे हुनेछ । महाधिवेशनमा ६० प्रतिशत महाधिवेशन प्रतिनिधि सहभागी हुने दाबी गरिएको छ ।
उद्घाटनअघि बिहान ११ः०० बजे काठमाडौँको सुन्धारा, रत्नपार्क, शङ्करदेव क्याम्पस, कमलपोखरी, कुपण्डोललगायत क्षेत्रमा नेता, कार्यकर्ता भेला भई र्यालीका साथ भृकुटीमण्डप प्रस्थान गरिने विशेष महाधिवेशन जनपरिचालन तथा जुलुस परिचालन व्यवस्थापन समितिका संयोजक जगदीश्वरनरसिंह केसीले जानकारी दिए ।
_56tlRuA3gv.jpg)
उद्घाटन सत्रका लागि भृकुटीमण्डपको खुला चौरमा ५० जना अतिथि अटाउनेगरी मञ्च निर्माण गरिएको छ । त्यसैगरी मञ्चको अगाडि खुला चौरमा भने छ हजारभन्दा बढी कुर्सीहरूको व्यवस्थापन गरिएको मञ्च व्यवस्थापन समितिका संयोजक गोविन्द पुडासैनीले जानकारी दिए । मञ्च वरिपरि कांग्रेसको झण्डा, गेट, ब्यानर तथा प्रचारप्रसारका सामग्री राखेर सजाइएको छ ।
_cZX4SqMdd0.jpg)
_9kUJQ8OKuo.jpg)
_wLAd12sHFD.jpg)
_pOZl9q14AX.jpg)
_f6kGkWMgvC.jpg)
_IcFQkcGjqA.jpg)
_1Vb6aQg374.jpg)
_LjJrx5L29F.jpg)
_ojajcrWCum.jpg)
_0T7f3FAnWV.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण