विशेष महाधिवेशनले गरेका निर्णय कार्यान्वयन गर्नुपर्छ : गोपालमान श्रेष्ठ
सारांश
- काठमाडौंमा संस्थापन समूहको असहयोगका बाबजुद बहुमत प्रतिनिधिहरूको समर्थनमा कांग्रेसको विशेष महाधिवेशन हुँदैछ।
- आइतबार राजधानीको भृकुटीमण्डपमा महाधिवेशन उद्घाटनको तयारी भइरहेको छ।
- यो समाचार कांग्रेसको विशेष महाधिवेशन सम्बन्धी अपडेट हो।
काठमाडौँ । नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठले पार्टीलाई विधि र विधानबाट चलाउन विशेष महाधिवेशनले गरेका निर्णय कार्यान्वयन गर्नुपर्ने बताएका छन् ।
काठमाडौँको भृकुटीमण्डपमा आजबाट सुरु भएको विशेष महाधिवेशनको उद्घाटन सत्रमा धारणा राख्दै श्रेष्ठले पार्टी सञ्चालनमा कसैले हठ राख्न नहुने बताए ।
‘पार्टी सञ्चालनमा कसैले हठ गर्न हुँदैन । विधि र विधान अनुसार चल्नुपर्छ,’ श्रेष्ठले भने, ‘विशेष महाधिवेशनले गरेको निर्णय कार्यान्वयन गर्नपर्छ ।’
अहिले मुलुकको स्थिति अत्यन्त जटिल भएको बताउँदै पूर्वउपसभापति श्रेष्ठले अब गुट होइन पार्टीभन्दा माथि उठेर राष्ट्रियता जोगाउन एकजुट हुनुपर्ने अवस्था आएको बताए ।
दक्षिण एसियाको आकाशमा अहिले कालो बादल मडारिएको बताउँदै श्रेष्ठले देश रहेन भने को सँग लडाइ गर्ने भन्दै प्रश्न गरे । अब इतिहासको व्याज मात्रै खाएर अब कांग्रेस नचल्ने बताए ।
जनताका अपेक्षा युग र समय बदलिएको श्रेष्ठले बताए । कांग्रेस कमजोर भए, देश कमजोर हुने श्रेष्ठको भनाइ थियो । ‘कांग्रेस कमजोर भयो भने देशको लोकतन्त्र कमजोर हुन्छ । पार्टी र देशको हितका लागि जस्तोसुकै त्याग गर्न तयार हुनुपर्छ,’ श्रेष्ठले भने ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण