पाकिस्तानमा ग्यास सिलिन्डर पड्किँदा बेहुला-बेहुलीसहित ८ जनाको मृत्यु
काठमाडौं । पाकिस्तानको राजधानी इस्लामावादको एक विवाह समारोहमा ग्यास सिलिन्डर विस्फोट हुँदा बेहुला-बेहुलीसहित ८ जनाको मृत्यु भएको छ । इस्लामावादको सेक्टर जी७/२ स्थित एक घरमा विवाह समारोह चलिरहँदा सिलिन्डर विस्फोट भएको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् । घटनामा परी ११ जना घाइते भएका छन् ।
उद्धार अधिकारीहरूका अनुसार शक्तिशाली विस्फोटका कारण पूरै घर नै भत्किएको छ । उद्धार टोलीले १९ जनालाई भग्नावशेषबाट निकालेको छ । तीमध्ये धेरैको अवस्था गम्भीर रहेको जनाइएको छ । घाइतेहरूलाई पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेसमा भर्ना गरिएको छ । अस्पतालकी प्रवक्ता डा. अनिजा जलालले धेरै घाइतेलाई आईसीयूमा राखिएको बताएकी छन् ।
प्रारम्भिक अनुसन्धानले ग्यास चुहिएर सिलिन्डर विस्फोट भएको देखाएको छ । विस्फोटले नजिकैका अन्य चार घरमा पनि क्षति पुर्याएको छ । प्रत्यक्षदर्शीका अनुसार विस्फोटको आवाज टाढा–टाढासम्म सुनिएको थियो । पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफले दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पनि उत्तिकै सान्दर्भिक छन् जोन मेन्यार्ड किन्स
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण