हाम्रा नेतालाई जोगाउन हेलिकप्टर चढाउनुपर्यो, यही हो प्रजातन्त्र ? : चन्द्र भण्डारी
सारांश
- चन्द्र भण्डारीले देश सञ्चालनमा परिवर्तनको आवश्यकता औंल्याए।
- उनले पद र स्वार्थमा केन्द्रित हुँदा देश बन्न नसक्ने बताए।
- भण्डारीले प्रजातन्त्र जोगाउन आत्मसमीक्षा र परिवर्तन आवश्यक रहेको धारणा राखे।
काठमाडौँ । कांग्रेस नेता चन्द्र भण्डारीले देश सञ्चालनमा गम्भीर परिवर्तनको आवश्यकता रहेको बताएका छन् । पद बाँडफाँट र व्यक्तिगत स्वार्थमा केन्द्रित भएर देश बन्न नसक्ने स्पष्ट पार्दै उनले व्यक्ति विचारबाट चल्दा मात्र देश बन्ने धारणा राखे ।
पार्टीको आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले २००७ सालमा नेपाली जनतालाई अधिकार दिलाउन आन्दोलन गरिएको स्मरण गर्दै २०४६ सालमा कृष्णप्रसाद भट्टराईको नेतृत्वमा संविधान प्राप्त भएको बताए । त्यस्तै, सुशील कोइरालाको नेतृत्वमा संविधानसभामार्फत संविधान जारी भए पनि देशलाई सही ढंगले सञ्चालन गर्न नसकिएको उनको भनाइ छ ।
भण्डारीले ठूला दल मिलाएर सरकार बनाइए पनि अपेक्षित परिणाम नआएको उल्लेख गरे । उनले भने, 'विगतमा जसलाई हामीले तानाशाह भन्यौँ, उनैले दलहरूलाई दरबारमा बोलाएर श्रीपेच हस्तान्तरण गरे । तर जेनजी आन्दोलनका बेला हाम्रा नेतालाई जोगाउन हेलिकप्टर चढाउनुपर्यो । यही हो प्रजातन्त्र ?'
यस्तो परिस्थितिमा प्रजातन्त्र जोगाउन गम्भीर आत्मसमीक्षा र परिवर्तन आवश्यक रहेको उनको भनाइ छ । उनले पार्टीप्रति आशा व्यक्त गर्दै कांग्रेसलाई कमजोर हुन नदिने बताए ।
उनले भने, 'अँगेना सधैँ तातो रहँदैन । दाउरा थप्ने मान्छे भएन भने अँगेना चिसिन्छ । हामी कांग्रेसलाई चिसो हुन दिँदैनौँ ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुर्खेतमा अपराधजन्य घटनाको ग्राफ बढ्दो
-
जीडब्ल्युएम ओरा ५ ईभीमा आफ्नै अत्याधुनिक प्रविधिको ब्याट्री प्रयोग
-
बजेट कार्यान्वयनबारे अर्थ मन्त्रालयले जारी गर्यो ३७ बुँदे मार्गदर्शन (पूर्णपाठ)
-
ब्रिटिश स्टिलबारे चीनको क्षतिपूर्ति माग
-
रास्वपाको बागलुङ कार्यसमिति बदर, कैलाली कार्यसमिति सदर
-
यो वर्षको ‘भीपी अग्रवाल उत्कृष्ट शिक्षक अवार्ड’ पाँच शिक्षकलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण