सोमबार, १५ असार २०८३
ताजा लोकप्रिय
विशेष महाधिवेशन

कांग्रेस विशेष महाधिवेशनमा दुई महामन्त्रीले प्रतिवेदन प्रस्तुत गर्ने

सोमबार, २८ पुस २०८२, ११ : ४६
सोमबार, २८ पुस २०८२

सारांश

  • नेपाली कांग्रेसको विधान महाधिवेशनमा दुई महामन्त्रीले विभिन्न प्रतिवेदन प्रस्तुत गर्नेछन्।
  • महाधिवेशनमा समसामयिक राजनीतिक समीक्षा, पार्टी नीति, विधान संशोधन र परिमार्जनका विषयमा छलफल हुनेछ।
  • प्रतिनिधिहरू ९ वटा समूहमा विभाजित भई महामन्त्रीका प्रस्तावमा छलफल गर्नेछन्।

काठमाडौँ । नेपाली कांग्रेसको जारी दोस्रो विधान महाधिवेशनमा सोमबारको बन्द सत्रमा दुई जना महामन्त्रीले विभिन्न प्रतिवेदन प्रस्तुत गर्ने भएका छन् ।  विशेष महाधिवेशन प्रचार समिति संयोजक सुवास पोखरेलले महाधिवेशन स्थलमा पत्रकार सम्मेलन गरी उक्त जानकारी दिएका हुन् । 

‘बन्द सत्रमा दुई वटा महामन्त्रीले पेस गर्ने प्रस्ताव पास हुन्छन् । दुई प्रस्तावमा चार विषय छन्’, उनले भने, ‘ती विषयहरूमा समसामयिक राजनीतिक समीक्षा, राजनीतिक तथा पार्टीको नीति, विधान संशोधन, कांग्रेसको परिमार्जन समेटिएका छन् ।’ 

उनले महाधिवेशन प्रतिनिधिहरू ९ वटा ग्रुपमा विभाजन गरेर महामन्त्रीका प्रस्तावमा छलफल हुने बताए । साथै त्यसरी छलफल भए पनि ग्रुप लिडरको निष्कर्ष सुनाउने कार्यक्रम रहेको महाधिवेशन आयोजक पक्षले जनाएको छ । 

पोखरेलले प्रस्तावित कार्यविधिमा निर्वाचन गर्नेदेखि बन्द सत्रमा गर्ने कामका बारेमा खुलाइएको जनाएका छन् ।  ‘हलले स्वामित्व ग्रहण गरेपछि आफ्नो कार्यविधि आफैँ बनाउँछ र पास हुन्छ त्यो काम सुरु भएको छ’, पोखरेलको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप