पार्टीलाई एकताबद्ध राख्ने कि नराख्ने भन्ने कुरा अब उहाँहरूकै हातमा छ : प्रवक्ता महत
काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा समूहले एकलौटी रूपमा विशेष महाधिवेशनको कार्यविधि पारित गरेको भन्दै आपत्ति जनाएका छन् । संस्थापन पक्षको बहिष्कारका बिच पारित गरिएको उक्त कार्यविधि विधानविपरीत भएको भन्दै उनले पार्टी एकता जोगाउने जिम्मा अब असन्तुष्ट पक्षकै हातमा रहेको बताए ।
प्रवक्ता महतले गगन–विश्वप्रकाश समूहको पछिल्लो कदम पार्टीको विधान र प्रक्रियाविपरीत भएको टिप्पणी गरे । उनले अहिले अघि बढाइएको भनिएको कार्यविधि र प्रक्रियामा विधि र विधान केही पनि नमिलेको जिकिर गरे । संस्थापन पक्षसँगको अनौपचारिक वार्तालाई लत्त्याएर अर्को पक्षले एकलौटी निर्णय गरेको उनको आरोप छ ।
‘हामीहरू अनौपचारिक रूपमा वार्ता गरिरहेका थियौँ, तर उहाँहरूले त्यसलाई उल्लङ्घन गर्नुभयो,’ महतले भने, ‘पार्टीलाई एकताबद्ध राख्ने कि नराख्ने भन्ने कुरा अब उहाँहरूकै हातमा छ ।’
उनले विशेष महाधिवेशनका नाममा भएका निर्णयहरूलाई संस्थापन पक्षले सहजै स्वीकार नगर्ने सङ्केत गर्दै इतर पक्षको निर्णय हेरेर आफूहरू पनि सोही अनुसार अगाडि बढ्ने चेतावनी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
चुनावी परिणामलाई लिएर हार मानेको छैन: कुलमान
-
जीवन आफैँमा एक निरन्तर अभ्यास हो : दयाहाङ राई
-
लिङ्ग परिवर्तनको शल्यक्रियापछि अनायाले पोखिन् पीडा
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण