नसर्ने रोगको उपचारमा अर्बौं खर्च, रोकथाम ओझेलमा : स्वास्थ्यमन्त्री गौतम
काठमाडाैँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा.सुधा शर्मा गौतमले नेपालको कुल स्वास्थ्य खर्चको सबैभन्दा ठूलो हिस्सा नसर्ने रोगको उपचार र यससँग सम्बन्धित समस्यामा खर्च भइरहेको बताएकी छन् । एनसिडी एलायन्स नेपालद्वारा आयोजित कार्यक्रममा बोल्दै मन्त्री गौतमले अधिकांश नसर्ने रोगहरू रोकथाम गर्न सकिने भएपनि उपचारमा मात्र केन्द्रित हुँदा राज्यमाथि ठूलो आर्थिक भार थपिएको बताएकी हुन् ।
मन्त्री गौतमले स्वास्थ्य बीमा कार्यक्रममा देखिएको वित्तीय खाडलका बारेमा समेत टिप्पणी गरिन् । सरकारले बीमाका लागि १० अर्ब र थप १ अर्ब गरी जम्मा ११ अर्ब रुपैयाँ बजेट छुट्याएकोमा हालसम्मको खर्च २४ अर्ब रुपैयाँ पुगिसकेको उनले जानकारी दिइन् । स्थानीय सरकारले निःशुल्क उपलब्ध गराउनुपर्ने आधारभूत स्वास्थ्य सेवाका लागि समेत बीमाको रकम खर्च भइरहेको र जनताले निःशुल्क पाउनुपर्ने औषधिमा प्रिमियम तिरिरहेको अवस्थाले गर्दा सरकारमाथि दोहोरो आर्थिक भार परेको उनको तर्क छ ।
अर्थ मन्त्रालयले यति ठूलो मात्रामा भुक्तानी गर्न नसक्ने स्थितिमा रहेकाले यसको पुनरावलोकन आवश्यक रहेको उनले उल्लेख गरे । सहरी स्वास्थ्य सेवाका चुनौतीहरू औँल्याउँदै मन्त्री गौतमले ग्रामीण क्षेत्रमा स्वास्थ्य पूर्वाधारहरू विस्तार भएपनि सहरी क्षेत्रका विपन्न वर्गका लागि आधारभुत स्वास्थ्य सेवा अझै पहुँचभन्दा बाहिर रहेको बताइन् । स्वास्थ्यकर्मीको वितरणमा देखिएको असमानता हटाउन मन्त्रालयले तथ्याङ्कका आधारमा न्यायोचित सरुवा र पदस्थापन गर्ने तयारी गरिरहेको समेत उलले स्पष्ट पारिन् ।
मन्त्री गौतमले नेपालमा धुम्रपान नियन्त्रण र नसर्ने रोग व्यवस्थापनका लागि उत्कृष्ट नीति र कानुनहरू भएपनि कार्यान्वयन पक्षमा ध्यान दिनुपर्नेमा जोड दिइन् । जनशक्ति सुगम क्षेत्रमा मात्र केन्द्रित हुने प्रवृतिले सेवा प्रवाहमा समस्या आएको बताउँदै उनले अब इक्विटी (न्याय) का आधारमा स्वास्थ्यकर्मीहरूको परिचालन गरिने प्रतिवद्धता व्यक्त गरिन् । कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधिहरूलाई समेत सहभागी गराई सेवा प्रवाहमा हुने खर्च घटाउने र प्रभावकारिता बढाउने विषयमा छलफल गरिएको थियो । -न्युज एजेन्सी नेपाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुनावी परिणामलाई लिएर हार मानेको छैन: कुलमान
-
जीवन आफैँमा एक निरन्तर अभ्यास हो : दयाहाङ राई
-
लिङ्ग परिवर्तनको शल्यक्रियापछि अनायाले पोखिन् पीडा
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण