कल्याणपुरका नगरप्रमुख साह भ्रष्टाचार मुद्दामा दोषी ठहर
सारांश
- कल्याणपुरका नगरप्रमुख रामपुकार साह भ्रष्टाचार मुद्दामा दोषी ठहर भए।
- अख्तियारले घुस लिँदै गरेको अवस्थामा उनलाई पक्राउ गरेको थियो।
- उपभोक्ता समितिकी अध्यक्षलाई भने अदालतले सफाइ दिएको छ।
सिरहा। सिरहाको कल्याणपुर नगरपालिकाका नगरप्रमुख रामपुकार साह भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतका न्यायाधीश सुदर्शनदेव भट्ट, हेमन्त रावल र उमेश कोइराला सम्मिलित संयुक्त इजलासले नगप्रमुख साहलाई दोषी ठहर गरेको हो ।
अदालतले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा रु एक लाख जरिवाना तथा सोही दफाको उपदफा (ख) बमोजिम छ महिना कैद सजाय सुनाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबासबाट खटिएको टोलीले नगरप्रमुख साहलाई गत असार ३२ गते सेवाग्राहीसँग रु एक लाख घुस लिँदै गरेको अवस्थामा नगरपालिकाको कार्यालयबाटै पक्राउ गरेको थियो ।
कल्याणपुर नगरपालिका–६ मा नाला निर्माण योजनाको काम सम्पन्न भएपछि भुक्तानीको चेक दिने क्रममा उपभोक्ता समितिका प्रतिनिधिसँग उहाँले घुस लिएको अख्तियारको आरोप थियो । सोही आरोपसहित अख्तियारले गत साउन २३ गते विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गरेको थियो ।
यसै मुद्दामा, बयान फेरेको आरोपमा अख्तियारले गत मङ्सिर २६ गते उजुरीकर्तासमेत रहेकी उपभोक्ता समितिकी अध्यक्ष जसोदा कुमारीविरुद्ध पनि भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो । तर विशेष अदालतले जसोदालाई सफाइ दिएको छ । अदालतले संलग्नता पुष्टि हुने पर्याप्त प्रमाण नदेखिएको ठहर गर्दै उहाँलाई आरोपमुक्त गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पिसिएम कप प्लस टु बास्केटबलको छात्र र छात्रा दुवैतर्फको उपाधि एमिसीलाई
-
काठमाडौँका सबै भवन ५ वर्षभित्र विपद् उत्थानशील बनाइने
-
धवल शमशेर र दुर्गा प्रसाईंको नेतृत्वमा नयाँ पार्टी घोषणाको तयारी, तस्बिरहरू
-
रात्रिकालिन यातायात विस्तार गर्ने काठमाडौँ महानगरको योजना
-
भैरहवाका क्रियाशील पत्रकार अरुण ज्ञवालीको ५४ वर्षको उमेरमा निधन
-
एमाले संविधान पुनरावलोकन कार्यदलको बैठक बस्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण