राप्ती प्रतिष्ठानको बिमाको करिब १४ करोड रकम भुक्तानी नहुँदा समस्या
मङ्गलबार, २९ पुस २०८२, १० : १०
बुटवल । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको बिमा सेवा बापतको करिब १४ करोड रुपैयाँ भुक्तानी नहुँदा आर्थिक सङ्कटमा पर्दै गएको छ ।
प्रतिष्ठानका रजिस्ट्रार प्रा श्याम लम्सालले कार्तिकसम्मको ११ करोड रुपैयाँ बिमाको रकम भुक्तानी नभएको र मङ्सिर र पुससम्मको थपिदा त्यो १४ करोड पुग्ने बताए ।
उनले बिमा बोर्डलाई बिमाको रकम भुक्तानीका लागि पटक–पटक पत्राचार गर्दा पनि हालसम्म बिमाको ठुलो रकम भुक्तानी नहुँदा समस्या भएको र अब थेग्न नसक्ने अवस्थामा पुगेको प्रस्टाए ।
बिमा सेवा बापतको रकम करोडौँ रुपैयाँ भुक्तानी नहुँदा औषधि सप्लार्यसले पनि औषधिजन्य सामग्री उपलब्ध गराउन नसक्ने बताउँदै आएकाले बिमाबाटको उपचार सेवा प्रभावित हुन सक्ने बताए । बिमाको रकम भुक्तानीका लागि पहल गरिदिन सबैलाई रजिस्ट्रार लम्सालले आग्रह गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार गठनपछि मात्रै ३०० अंकले घट्यो सेयर बजार, ५ खर्बको सम्पत्ति ‘स्वाहा’
-
रास्वपाको प्रवासबाट कसले कति पाए मत ?
-
कृषि क्षेत्रका लागि कसरी ‘सञ्जीवनी बुटी’ बन्यो सहकारी ?
-
रास्वपाकाे पदाधिकारीमा काे–काे भए निर्वाचित ? (मतसहित)
-
रास्वपाकाे सहमहामन्त्रीमा काे–काे भए निर्वाचित ? (सूचीसहित)
-
रास्वपाकाे उपसभापतिमा साेविता गाैतम निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण