सोमबार, १५ असार २०८३
ताजा लोकप्रिय

कांग्रेस विशेष महाधिवेशन : कुन पदमा उम्मेदवारी दर्ता गर्न कति शुल्क लाग्छ ?

मङ्गलबार, २९ पुस २०८२, १४ : ००
मङ्गलबार, २९ पुस २०८२

सारांश

  • नेपाली कांग्रेसको विशेष महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि आज राति मतदान हुनेछ।
  • निर्वाचन समितिले मतदाता नामावली प्रकाशन, मतदान र मतगणनाको कार्यतालिका सार्वजनिक गरेको छ।
  • सभापति पदका लागि ३० हजार, उपसभापति र महामन्त्री पदका लागि २५ हजार शुल्क तोकिएको छ।

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि आजै राति ९ बजेदेखि मतदान हुने भएको छ । निर्वाचन समितिले मतदाता नामावली प्रकाशन, मतदान र मतगणनादेखि मत परिणाम घोषणासम्मको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो । 

समितिका अनुसार सभापति पदमा उम्मेदवारी दर्ता गर्न ३० हजार रुपैयाँ शुल्क तोकिएको छ । यस्तै उपसभापति र महामन्त्री पदका लागि २५ हजार तथा सहमहामन्त्री पदका लागि २० हजार शुल्क तोकिएको छ । 

यस्तै केन्द्रीय सदस्य पदका लागि १० हजार रुपैयाँ शुल्क तोकिएको समितिका संयोजक सीताराम केसीले जानकारी दिए । 

613563949_1538458447372826_2862000939558212921_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप