खगेन्द्र सुनार नेतृत्वकाे हाम्रो पार्टी नेपाल रास्वपामा समाहित, पाँच बुँदे सम्झाैता
मङ्गलबार, २९ पुस २०८२, २० : ५५
१
काठमाडौँ । खगेन्द्र सुनार नेतृत्वकाे हाम्रो पार्टी नेपाल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) मा समाहित भएकाे छ ।
मंगलबार रवि लामिछाने नेतृत्वको रास्वपासँग पाँच बुँदे सम्झौता गर्दै हाम्राे पार्टी नेपाल रास्वपामा समाहित भएकाे हाे ।
रास्वपा सभापति रवि लामिछाने , महामन्त्री कविन्द्र बुर्लाकोटी र हाम्रो पार्टीका सभापति खगेन्द्र सुनार, पदाधिकारी, सदस्य लगायतको उपस्थितिमा सम्झौता गरिएको हो ।
यस्ताे छ पाँच बुँदे सम्झाैता
- नव युवाहरु (जेनजी) ले भ्रष्टाचार र कुशासन विरुद्ध गरेको आन्दोलनको मर्मलाई आत्मसाथ गर्दै घाइते तथा सहिद परिवारका मागहरु यथोचित सम्बोधन गर्न प्रतिबद्धता जनाउने ।
- दलित तथा उपेक्षित उत्पीडित वर्गमाथि हुने जातीय विभेद, हिंसा तथा भेदभावका विरुद्ध पार्टीमा नीतिगत व्यवस्था गर्ने ।
- संविधान प्रदत्त दलितहरुका हक अधिकार कार्यान्वयन गर्ने/गराउने ।
- हाम्रो पार्टी नेपालको विभिन्न जिम्मेवारीमा रहनु भएका साथीहरुलाई राष्ट्रिय स्वतन्त्र पार्टीमा सम्मानजनक समाहित गर्ने ।
- राष्ट्रिय मुद्दामा हातेमालो गर्दै देशको निकास र विकसमा एक्यबद्धता जनाउने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
रास्वपाको बागलुङ कार्यसमिति बदर, कैलाली कार्यसमिति सदर
-
यो वर्षको ‘भीपी अग्रवाल उत्कृष्ट शिक्षक अवार्ड’ पाँच शिक्षकलाई
-
गैरकानुनी व्यापार व्यवसाय गर्नेलाई कडा कारबाही गर्ने विभागको चेतावनी
-
कर्णालीमा सत्ता संकटः कांग्रेस–एमाले गठबन्धनमा कसबाट भयो धोखाधडी ?
-
कांग्रेसले कसरी मनाउँदैछ वीपी स्मृति दिवस ?
-
कुनै शीर्ष नेतासँग भेटवार्ता भएको छैन : मुख्यमन्त्री आचार्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण