शुक्रबार, १२ असार २०८३
ताजा लोकप्रिय

रियल म्याड्रिडमा क्लोपलाई विकल्पका रूपमा हेरिँदै

मङ्गलबार, २९ पुस २०८२, २१ : १५
मङ्गलबार, २९ पुस २०८२

म्याड्रिड । रियल म्याड्रिडको प्रशिक्षक पदका लागि योर्गान क्लोप सम्भावित उम्मेदवारका रूपमा हेरिएको छ । स्काई जर्मनीको रिपोर्टअनुसार क्लबले आगामी गर्मीमा स्थायी प्रशिक्षक नियुक्त गर्ने निर्णय गरेमा क्लोपलाई एक विकल्पका रूपमा हेरिएको हो ।  

यसअघि बायर लेभरकुसेनका पूर्वमुख्य प्रशिक्षक जाबी अलोन्सोले बर्नाबेउमा आफ्नो भूमिका छाडेपछि क्लबले अल्भारो अर्बेलुआलाई २०२७ सम्मका लागि अन्तरिम मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ ।

यद्यपि समाचारमा जनाइएअनुसार रियल म्याड्रिडको व्यवस्थापन गर्ने अवसर आए रेड बुलमा ग्लोबल हेड अफ सकरको रूपमा आफ्नो हालको भूमिकामा रहे पनि क्लोपले यसलाई गम्भीरतापूर्वक विचार गर्ने भनिएको छ ।

क्लोपले सन् २०२४ मा लिभरपुलबाट करिब १० वर्षपछि बिदा लिएयता कुनै पनि व्यवस्थापकीय भूमिकामा छैनन् । त्यसपछि २०२५ को सुरुमा उनलाई रेड बुलमा नियुक्त गरिएको थियो ।
रियल म्याड्रिडको सम्भावनाको खबर आए पनि क्लोपले दिएका विभिन्न अन्तर्वार्ताहरूमा आफू रेड बुलमा आफ्नो वर्तमान भूमिकामा कति खुसी छन् भन्ने कुरा मात्र नभई चाँडै नै पुनः डगआउटमा फर्कने कुनै इच्छा नभएको कुरा दोहोर्‍याएका छन् ।

गत समरमा वेल्ट एम सोन्टागसँगको एक अन्तर्वार्तामा बोरुसिया डर्टमन्डका पूर्वमुख्य प्रशिक्षकले कोचिङमा फर्कनेबारे भनेका थिए, ‘म त्यो अब चाहन्नँ । मसँग अहिले एउटा काम छ जसले मलाई सन्तुष्ट बनाएको छ र यो पनि तीव्र छ । म बिहानभर सुत्दिनँ र राति ढिलो सुत्दिनँ, तर म मेरो कामलाई अझ राम्रोसँग व्यवस्थित गर्न सक्छु । मेरी श्रीमती, यसबाट साँच्चै खुसी छिन् किनभने हामीले पहिले गर्न नसकेका कुराहरू अझ राम्रोसँग योजना बनाउन सक्छौं । मेरो लागि यो कहिल्यै केही नगर्नेबारे थिएन, तर केही फरक गर्नेबारे थियो ।’

यद्यपि हालसम्म क्लोप वा रियल म्याड्रिडबाट यस विषयमा कुनै आधिकारिक पुष्टि भएको छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप