मुलुकमा चाँडै नै परिवर्तन हुँदैछ : सञ्चारमन्त्री खरेल
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुकले परिवर्तन खोजेको र त्यो चाँडै हुने बताएका छन् । मंगलबार ‘इबुकिङनेपाल डटकम’को उद्घाटन गर्दै उनले फागुन २१ गतेको निर्वाचनपछि देशमा परिवर्तन हुने बताए ।
मन्त्री खरेलले आगामी निर्वाचनमा राम्रो राजनीतिक दलका राम्रा नेता चयन गर्न सबैलाई आग्रहसमेत गरे । “यसपटकको निर्वाचनमा स्वतन्त्र, स्वावलम्बी, स्वाभिमानी नेपाली नागरिक भएर राम्रो नेता र नेतृत्व चयन गराैँ । कसैले विवेकको आत्मसमर्पण नगराउ । नेपालले परिवर्तन खाजेको छ र नेपाल परिवर्तन हुँदैछ, त्यसमा सबैले योगदान गरौँ”, उनले भने ।
मन्त्री खरेलले युवाहरूले नै देशको परिवर्तन गर्ने भन्दै अब कुनै पनि राजनीतिक दलले युवालाई बेवास्ता गरेर अगाडि बढ्ने अवस्था नरहेको बताए ।
उनले मुलुकलाई समृद्ध बनाउनका लागि पर्यटनलाई आधार बनाउनुपर्ने जोड दिँदै राजनीतिक दलले आफ्नो घोषणा पत्रमा पर्यटन प्रवर्द्धन गर्ने उल्लेख गरे पनि काम गर्न भने नसकेको बताए।
नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले डिजिटल प्रविधिको प्रयोगमार्फत नेपालको पर्यटन सेवामा सकारात्मक योगदान पुग्ने बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशन : पदाधिकारीको मतदान सकिएपछि विवाद, मत हाल्न पाउनुपर्ने भन्दै प्रतिनिधिको दबाब
-
४८ टोली सहभागी विश्वकपका कमजोरी देखाउने खेलहरू
-
कलंकीमा ट्याङ्करको ठक्करबाट स्कुटर चालक गम्भीर घाइते
-
पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते
-
रास्वपा पदाधिकारी छान्ने मतदान सकियो, केहीबेरमा नतिजा
-
उपत्यकामा बर्डफ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण