निष्कासनपछि गगनले भने– मैले नेतृत्वलाई बुझाउन सकिनँ
काठमाडौँ । कांग्रेसबाट निष्कासनमा परेपछि गगन थापाले पार्टीलाई एकढिक्का राख्न विभिन्न प्रयास गरेपनि त्यो सफल नभएको बताएका छन् ।
संस्थापन पक्षले कारबाही गरे लगत्तै भृकुटीमण्डपस्थिति विशेष महाधिवेशन हलमा सम्बोधन गर्दै थापाले आफूले विकसित राजनीतिक घटनाक्रमबारे नेतृत्वलाई बुझाउन नसकेको बताएका हुन् ।
‘मैले नेतृत्वलाई बुझाउन सकिनँ’,उनले भने ।
आज बिहानमात्रै सभापति शेरबहादुर देउवासँग छलफल गरेको र विशेष महाधिवेशनबारे बुझाउन खोजेको तर नसकेको उनले बताए ।
‘२ हजार ४८८ जना महाधिवेशन प्रतिनिधिहरूले आफ्नो हक प्रयोग गरेर विशेष महाधिवेशन आयोजना गरिएको हो । म यहाँ पाहुना भएर आइसकेपछि र महामन्त्रीको हैसियतले पहल गर्नुपर्ने जति गर्नु स्वाभाविक हो’, थापाले भने, ‘तर बाहिर जेजस्तो समझदारी भएपनि हलमा आउनैपर्छ ।’
त्यसक्रममा उनले विशेष महाधिवेशनपछि कांग्रेस बदलिएको छ भनेर भन्न पाउनुपर्छ भनेर सभापति देउवालाई भनेपनि सुनुवाइ नभएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण