ज्वागलबाट बालेनको सन्देश : ‘झापा-५ बाट ब्याक हुन्नँ’
काठमाडौँ । फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै जाँदा झापा क्षेत्र नम्बर ५ चर्चामा छ । किनकि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको ‘सेफ जोन’ मानिने यो क्षेत्रमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले ‘काउन्टर’ दिने तयारी गरेका छन् ।
यो कुराको पुष्टि बुधबार ज्वागलमा झापाका युवा र आफ्ना नजिकका सहयोगीहरूसँगको छलफलमा बालेनले गरेका छन् । उनले आफू झापा-५ बाट कुनै हालतमा ‘ब्याक’ नहुने बताएका छन् ।
जेनजी आन्दोलनका सक्रिय सदस्य तथा जेनजी फ्रन्टका प्रवक्ता यतिश ओझाले यसअघि झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवारीको तयारी गरेका थिए । यसअघि नै जेनजी फ्रन्टले झापामा सन्देशसभा समेत गरेका थिए । बुधबार ज्वागलमा ओझाले बालेनलाई झापा-५ मा आउने, नआउनेबारे प्रष्ट पार्न भन्दा बालेनले आफू झापा-५ जाने पक्का भइसकेको बताएका थिए । उनको सन्देशपछि जेनजी अभियन्ता ओझाले आफू बालेनको समर्थन गर्ने भन्दै झापा-४ बाट उठ्ने बताएका थिए ।
उनले ओझालाई मात्रै नभई ज्वागलमा बुधबार दिनभर कलाकार र अभियन्ताहरुलाई भेटिरहेका छन् । ‘आफ्नो टिमबाट चुनाव लड्नेहरुलाई आफ्ना लागि तयारी गर्न उहाँले भन्नुभएको छ । त्यही अनुसार प्रमुख स्वकीय सचिव भूपदेव शाहले अछामको तयारी गरिसकेका छन् । त्यस्तै अरु साथीहरु पनि तयारीमा छन् । झापा-५ सहित अन्य स्थानमा आफू निकटका साथीहरुलाई कता-कता उठाउने भन्नेबारे छलफल भइरहेको छ,’ ज्वागलमा रहेका एक सदस्य भन्छन् ।

मधेसदेखि सुदूरपश्चिममा तयारी गरिरहेको रास्वपाका नेता र अभियन्ताहरुलाई भेट्न अहिले बालेनलाई भ्याइनभ्याई देखिन्छन् । ‘हेर्नुस् न अब उहाँ आएदेखि नै यतिकै भिड छ, कस–कसलाई भेटे भन्ने, सबैलाई भेटिरहेका छन् । कसरी हुन्छ अब चुनाव केन्द्रित अभियानमा लाग्न सकिन्छ भनेर छलफल भइरहेको हो,’ ती सदस्य भन्छन् ।
बालेनले झापाका मात्रै नभई आफूले टिकट बाँड्ने सम्भावित क्षेत्रमा कस्ता र को उम्मेदवार हुन सक्छन् भनेर समेत छलफल गरिरहेका छन् ।
तथ्यांकदेखि रणनीतिसम्म
बालेन निकटहरुका अनुसार झापा-५ मा मतदाताको संख्या, एमाले, कांग्रेस र राप्रपाको पकड क्षेत्रबारे तथ्यांक मगाएर हेर्ने काम भइरहेको छ । यस्तै त्यहाँको चुनावी रणनीतिको बारेमा पनि ज्वागलमा छलफल भइरहेको छ । ‘बालेनको प्रष्ट सन्देश अब झापा-५ बाट ब्याक हुन्न भन्ने छ । त्यही अनुसार रणनीति त भइहाल्छ, त्यसैको छलफल हो,’ उनी निकट एक भन्छन् ।
बालेनले अहिले कुमार बेनको घरमा कहिले कोठामा प्राइभेट जसरी भेटघाट गर्छन् भने कहिले घरको बिचमा रहेको (आँगन) जस्तोमा सामूहिक छलफल गर्छन् ।
उनी निकट एक सदस्यका अनुसार बालेनले मधेसमा र कोशीमा रास्वपाका मत बढाउनुपर्ने भएकाले यसका लागि छुट्टै रणनीति तयार गर्नुपर्ने भएको छ । उनले केही जोर कपडा समेत सिलाएका छन् । बालेनले जुन दिनबाट अभियान चाल्नुहुन्छ, त्यो दिनदेखि मौन अवधिसम्म रोकिनुहुँदैन । अहिलेलाई त्यसरी बुझ्नुहोस् । माघ ६ गते झापा-५ मै गएर उम्मेदवारी तयारी हुन्छ । त्यसअघि केही राजनीतिक गतिविधि हुनसक्छ,’ रातोपाटीसँग बालेन निकट एक अभियन्ता भन्छन् ।
ज्वागल वरपर रास्वपाका नेतैनेता
बालेनले आफ्नो भेटघाटको स्थान ज्वागल बनाएसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरु ज्वागल आसपास देखिन थालेका छन् । ज्वागलका चिया पसलदेखि कुमार बेनको घर आसपास रास्वापका केन्द्रीय तहका नेतादेखि सामान्य कार्यकर्ताहरुसम्म देखिन्छन् । यस्तै सामाजिक अभियन्ता र कलाकारहरु पनि कुमार बेनको घर वरिपरि बाक्लै देखिने गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्ट्रेट अफ होर्मुजमा बढ्दै जहाज आवागमन
-
‘लुम्बिनी लोक तारा’मा प्रथम भए समीर पुन
-
बन्दसत्रमा विलम्ब भएपछि बरालिँदै रास्वपा नेता कार्यकर्ता (तस्बिरहरू)
-
३ नम्बरको जर्सीसहित भारतीय क्रिकेट टोलीमा वैभवको इन्ट्री
-
रास्वपाको केन्द्रीय सदस्यमा प्रकाशचन्द्र परियारको उम्मेदवारी
-
एआई अपनाएसँगै ओरेकलद्वारा २१ हजार कर्मचारी कटौती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण