चुनावका कारण बङ्गलादेशमा एक महिना ‘अनअराइभल भिसा’ बन्द
सारांश
- बंगलादेशले आगामी चुनाव र जनमत संग्रहलाई ध्यानमा राख्दै एक महिनाका लागि आगमन भिसा निलम्बन गर्ने निर्णय गरेको छ।
- जनवरी १५ देखि फेब्रुअरी १५ सम्म यो सुविधा बन्द हुँदा नेपाल र भुटानका नागरिक प्रभावित हुनेछन्।
- निर्वाचनको समयमा सुरक्षा व्यवस्था कडा पार्न र हिंसा रोक्न बंगलादेशले यस्तो निर्णय लिएको जनाएको छ।
काठमाडौं । बङ्गलादेशले आगामी आम चुनाव र जनमत सङ्ग्रहलाई दृष्टिगत गर्दै एक महिनाका लागि आगमन भिसा (अनअराइभल भिसा) निलम्बन गर्ने निर्णय गरेको छ । आगामी जनवरी १५ देखि फेब्रुअरी १५ सम्म लागु हुने गरी यो सुविधा पूर्ण रूपमा बन्द गरिएको हो । यस निर्णयसँगै बङ्गलादेशबाट यस्तो सुविधा पाउँदै आएका नेपाल र भुटान लगायतका छिमेकी देशका नागरिकहरू प्रत्यक्ष प्रभावित हुने भएका छन् ।
बङ्गलादेश सरकारका अनुसार फेब्रुअरी १२ मा हुन लागेको राष्ट्रिय संसदीय चुनाव र केही महत्वपूर्ण सुधारका विषयमा गरिने जनमत सङ्ग्रहका कारण सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी यो कदम चालिएको हो । जनवरी २२ देखि देशभर निर्वाचन अभियान सुरु हुने र सो क्रममा हुन सक्ने सम्भावित हिंसा रोक्न तथा सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा पार्न भिसा सेवामा रोक लगाइएको त्यहाँका वरिष्ठ अधिकारीहरूले जानकारी दिएका छन् ।
चुनाव अवधिभरका लागि लिइएको यो निर्णयबारे बङ्गलादेशले सम्बन्धित देशका सरकारहरूलाई आधिकारिक रूपमा सूचित गरिसकेको छ । निर्वाचन सम्पन्न नभएसम्म यो सेवा पुनः सुरु हुने सम्भावना नरहेको स्पष्ट पारिएको छ । बङ्गलादेशमा विगतका निर्वाचनहरूको समयमा पनि सुरक्षा सतर्कताका लागि यस्तै प्रकारका निर्णयहरू लिने गरिएको थियो ।
निर्वाचनको तयारीका लागि बङ्गलादेशले देशभर सेना तैनाथ गर्नुका साथै अन्य सुरक्षा निकायहरूलाई समेत उच्च सतर्कतामा रहन निर्देशन दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण