काठमाडौँको भिमसेनगोलामा चोरी
बिहीबार, ०१ माघ २०८२, १६ : १३
सारांश
- काठमाडौंको भिमसेनगोलामा डेरा गरी बस्ने एक व्यक्तिको कोठाबाट सुन र नगद चोरी भएको छ।
- चोरीमा करिब २ लाख २० हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ।
- चोरीमा संलग्न व्यक्ति फरार रहेको र प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ।
काठमाडौँ । काठमाडौँ महानगरपालिका–३१ भिमसेनगोला मार्गमा डेरा गरी बस्ने ५५ वर्षीय टेकबहादुर खत्रीको कोठाबाट धनमाल चोरी भएको छ ।
खत्रीको कोठाबाट सुनका गरगहना र नगद समेत गरी करिब २ लाख २० हजार रुपैयाँ बराबरको धनमाल बुधबार साँझ चोरी भएको हो । चोरीमा संलग्न व्यक्ति हाल फरार रहेकाले निजको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
यस घटनाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण