खाद्य स्वच्छताका लागि २ हजार ६९ जना व्यवसायीलाई तालिम प्रदान
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले अहिलेसम्म २ हजार ६९ जना व्यवसायीलाई खाद्य सेवाको स्वच्छता र सरसफाइ सम्बन्धी तालिम प्रदान गरेको छ ।
‘स्वच्छ भान्छा’ स्वर्णिम योजना, खाद्य स्वच्छता प्रवर्धन तथा प्रमाणीकरणका लागि खाद्य स्वच्छता : प्रवर्द्धन शिविर (फुड सेफ्टी, वुट क्याम्प) कार्यक्रम अन्तर्गत अहिलेसम्म आठौँ शृङ्खला सकिएको छ ।
स्वच्छ खाना: उत्कृष्ट व्यापार (सेफर फुड : वेटर विजनेस) सोच राखेर थालिएको तालिममा खाद्य सेवामा अत्यधिक उपयोग हुने खानेकुरासँग सम्बन्धित क्षेत्रलाई छान्ने गरिएको छ ।
तालिमको पहिलो संस्करणमा साना तथा मध्यम भोजनालयका ३ सय जना सञ्चालकलाई तालिम दिइएको थियो । दोस्रो संस्करणमा २०८१ को दसैँ लक्षित खानेकुरामध्ये मासुजन्य खाद्य बस्तुका उत्पादक तथा विक्रेता ३२१ जना व्यवसायीलाई तालिम दिइयो ।
दसैँ लगत्तै आउने तिहारमा धेरै खपत हुने मिठाईजन्य खाद्यवस्तुको स्वच्छताका लागि तेस्रो संस्करणमा तालिम दिइएको थियो । यसमा १६२ जना सहभागी भएका थिए । चौथो संस्करणमा होटल, क्याटरिङ् र व्याङ्क्वेट सेवाका व्यवसायीका लागि तालिम आयोजना गरिएको थियो । तालिममा ३६६ जना व्यवसायी सहभागी भए।
पाँचौँ संस्करणमा मौलिक तथा रैथाने खानाका उत्पादक र विक्रेतालाई सहभागी गराइएको थियो । यसमा ५०५ जना सहभागी भएका थिए । छैटौँमा मिठाइजन्य खाद्य सेवाका १०५ जना, सातौँमा दूध तथा दुग्ध पदार्थ उत्पादक ६० जनालाई तालिम प्रदान गरियो । आठौँ संस्करणमा मः मः पसल सञ्चालक तथा व्यवसायीलाई तालिम प्रदान गरिएको थियो । यसमा २५० जना व्यवसायी सहभागी भएका थिए ।
व्यावसायिक खाद्य सेवामा यो प्रणाली कार्यान्वयनमा आएसँगै व्यक्तिको खाद्य आचरणमा पनि सुधार आउने महानगरपालिकाको अपेक्षा छ । यसले व्यक्ति/व्यक्ति हुँदै परिवार परिवारमा खाद्य सजगता वृद्धि हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा उपसभापतिमा मन्त्री विराज भक्त श्रेष्ठको उम्मेदवारी घोषणा
-
रास्वपा सह–महामन्त्रीमा असिम शाहको उम्मेदवारी घोषणा
-
कुकुरले बाख्रा मार्न थालेपछि बरङ्जावासी त्रसित
-
पोपद्वारा भेनेजुएलालाई एक लाख युरो सहायता
-
विदेश पठाउने नाममा ४७ लाख ९२ हजार ठगी गर्ने ४ जना पक्राउ
-
हुम्लाका ७ वटै स्थानीय तहले ल्याए बजेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण