पेट्रोल मूल्य
घट्यो पेट्रोलको मूल्य
बिहीबार, ०१ माघ २०८२, २३ : १५
सारांश
- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।
- शुक्रबारदेखि लागू हुने गरी पेट्रोल प्रतिलिटर रु ३ र डिजेल/मट्टितेल प्रतिलिटर रु १ ले घटाइएको छ।
काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमले बिहीबार एक सूचना जारी गर्दै माघ २ गते शुक्रबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको हो ।
निगमका अनुसार प्रतिलिटर पेट्रोलमा रु ३ र डिजेलर/ मट्टितेल प्रतिलिटर रु १ ले घटाइएको हो ।
भारतीय आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्य घटेर आएपछि निगम सञ्चालक समितिको बैठकले मूल्य घटाउने निर्णय गरेको निगमले जनाएको हो ।
नयाँ मूल्यसूची अनुसार काठमाडौँ, पोखरा र दिपायल (तेस्रो वर्ग) मा अब पेट्रोल प्रतिलिटर १५६ रुपैयाँ र डिजेल तथा मट्टितेल १३६ रुपैयाँ कायम भएको छ । त्यसैगरी, सुर्खेत र दाङ (दोस्रो वर्ग) मा पेट्रोल १५५ र डिजेल १३५ रुपैयाँ पुगेको छ भने तराईका विभिन्न डिपो क्षेत्रहरू (पहिलो वर्ग) मा पेट्रोल १५३ रुपैयाँ ५० पैसा र डिजेल १३३ रुपैयाँ ५० पैसामा उपलब्ध हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल–स्पेन व्यापार र लगानी सुदृढ बनाउन दुई चेम्बरबिच समझदारीको तयारी
-
झ्याप–झ्याप जाने बत्ती : तथ्याङ्कमा ट्रिपिङ घटे पनि व्यवहारमा उस्तै सास्ती
-
दिल्लीमा प्रदर्शनः ककरोच जनता पार्टीका संस्थापक दीपके नियन्त्रणमा
-
छात्रालाई अश्लील म्यासेज गर्ने दुई शिक्षकसहित तीन जना पक्राउ
-
सेयर बजारमा दुई दिनमा १२१ अङ्क वृद्धि
-
शिक्षा–स्वास्थ्यमा लगाइएको कर र प्रधानमन्त्रीको अभिव्यक्ति फिर्ता लिन मकवानपुर कांग्रेसको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण