प्रदेश समीकरणबारे विश्वप्रकाश : प्रतिपक्षविहीन हुन नहुने बटमलाइन
सारांश
- नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रदेश सरकार हेरफेरका सवालमा कांग्रेसको बटमलाइन प्रतिपक्ष विहीन नभएको प्रस्ट्याएका छन् ।
- उनले प्रदेश सरकार बन्दै र हेरफेर हुँदैगर्दा कांग्रेस प्रतिपक्षी विहीन परिकल्पना नगरी टुङ्गोमा पुग्न चाहेको बताए ।
- संवादबाट हल गर्ने प्रयास भइरहेको र संविधानको मूल मर्मलाई भ्वालेट गर्न नमिल्ने उनको भनाइ छ ।
काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रदेश सरकार हेरफेरका सवालमा कांग्रेसको बटम लाइन प्रतिपक्ष विहीन नभएको प्रस्ट्याएका छन् । ‘प्रदेश सरकार बन्दै र हेरफेर हुँदैगर्दा हामी प्रतिपक्षी विहीन परिकल्पना नगरी टुङ्गोमा पुग्न चाहन्छौ’, उपसभापति शर्माले भने, ‘त्यसका लागि आवश्यक परे कांग्रेस प्रतिपक्षमा बस्न पनि तयार हुन्छ तर नागरिकको मनोविज्ञान विपरीत सबै दल सरकारमा बस्नुपर्छ भन्दैन ।’
उनले यसबारे संवादबाट हल गर्ने प्रयास भइरहेको पनि बताए । ‘कांग्रेसमात्र नभएर सबै दलको सहअस्तित्वबाट हल गर्ने गरेर प्रदेश सरकारबारे टुङ्गोमा पुग्छौ’, शर्माको भनाइ छ ।
सोमबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उपसभापति शर्माले संविधानको मूल मर्म पनि प्रदेशमा प्रतिपक्ष विहीनको कल्पना नभएको बताएका हुन् ।
‘प्रदेश सरकारमा रहेका दलहरूबिचमा केही समस्या देखिएको छ’, उपसभापति शर्माले भने– ‘यो विषयमा सार्वजनिक रूपमा धेरै टिप्पणी गरिराख्नु भन्दा आन्तरिक रूपमा संवादहरू भइरहेका छन् ।’
उनले प्रदेश सरकार हेरफेरका सवालमा कांग्रेसको बटमलाइन प्रस्ट रहेको बताए । ‘हाम्रो बटमलाइन– कुनै पनि प्रदेश सभा प्रतिपक्षविहीन हुनुहुँदैन भन्ने नै हो’, उपसभापति शर्माले भने– ‘त्यसैले वर्तमान संविधान निर्माण गर्दै गर्दा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका दलहरूले अहिले संविधान संशोधनको संवाद र छलफल समेत चलिरहेका बेला संविधानको मूल मर्मलाई भ्वालेट गर्न मिल्दैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
-
ज्येष्ठ नागरिकका लागि छुट्टै अन्तर्राष्ट्रिय महासन्धि बनाउँदै संयुक्त राष्ट्रसंघ, नेपाली मुद्दा समेट्न दबाब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण