'कालकट्टी' र 'काकाको बिहे' निर्माण घोषणा
सारांश
- रघुजी फिल्मस्ले 'कालकट्टी' र 'काकाको बिहे' नामक दुई फिल्म निर्माण गर्ने घोषणा गरेको छ।
- 'कालकट्टी' को छायांकन माघमा सुरु हुनेछ, जसमा अमरदीप सापकोटा लेखक तथा निर्देशक छन्।
- दुवै फिल्म आगामी वर्ष २०८३ मा दर्शकमाझ रिलिज हुने तयारीमा छन्।
काठमाडौं । फिल्म 'कालकट्टी' र 'काकाको बिहे' निर्माण हुने भएको छ । रघुजी फिल्मस्ले आफ्नो ब्यानरमा निर्माण हुने फिल्मको पोष्टरसहित घोषणा गरेको हो । दुवै फिल्म फरक कथा र परिवेशमा निर्माण हुनेछ ।
‘समयभन्दा अघि र भाग्यभन्दा बढी केही पनि पाइँदैन’ भन्ने उक्ति अब पर्दामा जीवन पाउने तयारीमा छ । लामो समयदेखि मनभित्र साँचेर राखिएको सिनेमा निर्माणको सपना अन्ततः यथार्थमा परिणत हुँदैछ’, रघुजी फिल्मस्ले फिल्म निर्माण घोषणा गर्दै बिज्ञप्तीमा गाडि भनेको छ ‘दुई फरक स्वाद र दुई फरक संसार बोकेका नेपाली चलचित्र ‘कालकट्टी’ र ‘काकाको बिहे’ औपचारिक रूपमा घोषणा गदर्छु ।’
लेखक तथा निर्देशक अमरदीप सापकोटा र सञ्चारकर्मी रघुनाथ सापकोटाको सशक्त टिमअपबाट निर्माण हुन लागेका यी फिल्महरुले नेपाली फिल्ममा नयाँ ऊर्जा, नयाँ सोच र फरक प्रस्तुति ल्याउने अपेक्षा रद्दुजी फिल्मस्को छ । दुवै चलचित्र आगामी वर्ष २०८३ मा दर्शकमाझ ल्याउने तयारीमा निर्माण पक्ष जुटेको छ।
रघुजी फिल्म्सको ब्यानरमा निर्माण हुन लागेका दुई फिल्म मध्य ‘कालकट्टी’ छायाङ्कनतर्फ अघि बढ्ने तयारीमा छ। फिल्मको छायाङ्कन माघ महिनाको अन्त्यतिर सुरु हुने बताइएको छ । कलाकार तथा प्राविधिक टोलीको छनोट प्रक्रिया हाल तीव्र गतिमा अगाडि बढिरहेको निर्माण पक्षले जनाएको छ।
‘कालकट्टी’का निर्माता रघुनाथ सापकोटा हुन् भने कथा, पटकथा, संवाद तथा निर्देशनको सम्पूर्ण जिम्मेवारी अमरदीप सापकोटाले सम्हालेका छन्। छायांकनको जिम्मा निसाल पौडेलको काँधमा रहनेछ भने संगीतकार भीम बिष्ट रहेका छन् ।
आरआर फिल्म्सले नेपालभर वितरण गर्नेछ भने यसको डिजिटल अधिकार ओएसआर डिजिटलसँग सुरक्षित गरिएको छ ।
‘कालकट्टी’को छायाङ्कन सकेर रिलिजको तयारीसँगै ‘काकाको बिहे’को छायाङ्कन सुरु हुने बताइएकाे छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुनावी परिणामलाई लिएर हार मानेको छैन: कुलमान
-
जीवन आफैँमा एक निरन्तर अभ्यास हो : दयाहाङ राई
-
लिङ्ग परिवर्तनको शल्यक्रियापछि अनायाले पोखिन् पीडा
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण