बिहीबार, ११ असार २०८३
ताजा लोकप्रिय

रामेछापमा निर्वाचन प्रहरीमा भर्ना हुन आवेदन दिने समय थप

शुक्रबार, ०२ माघ २०८२, १० : ५८
शुक्रबार, ०२ माघ २०८२

सारांश

  • रामेछापमा निर्वाचन प्रहरीका लागि आवेदन दिने समय थप गरिएको छ।
  • जिल्ला प्रहरी कार्यालय रामेछापले भर्ना छनौटलाई प्रतिस्पर्धी बनाउन समय थप गरेको जनाएको छ।
  • अन्य जिल्लाहरूले पनि निर्वाचन प्रहरीको आवेदन समय थप गरेका छन्।

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनमा रामेछाप जिल्लामा खटिने निर्वाचन प्रहरीका लागि आवेदन दिने समय थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय रामेछापले पुस १४ मा पहिलोपटक १४ सय २९ जना निर्वाचन प्रहरी भर्नाको लागि दरखास्त आह्वान गरेको थियो ।

माघ २ र ३ गते शनिवार सम्म समय थप गरेर दरखास्त आह्वान गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका डीएसपी भोला भट्टले रातोपाटीलाई बताए । उनले भने– ‘भर्ना छनौटलाई प्रतिस्पर्धी बनाउन दुई दिन समय थप गरेर दरखास्त माग गरिएको छ ।’

रामेछापमा नेपाल प्रहरीले १३ सय ३३ जना र सशस्त्रले ९६ जना निर्वाचन प्रहरी भर्ना लिँदैछन् । आवेदन कम परेपछि अरू जिल्लाले पनि धमाधम आवेदन दिने समय थपेर सूचना प्रकाशन गरिरहेका छन् । 

दोलखा, ओखलढुङ्गा, सोलुखुम्बु, कास्की र स्याङ्जामा पनि मागभन्दा थोरै प्रतिस्पर्धी भएपछि आवेदन दिने समय थप गरिएको प्रहरी प्रधान कार्यालयका एक जना उच्च अधिकृतले रातोपाटीलाई बताए । निर्वाचन प्रहरीमा भर्ना हुन इच्छुकले बिदाको दिनमा पनि आवेदन दिन सक्नेछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप