फागुन २१ मै चुनाव हुन्छ, मिति यताउति हुँदैन: प्रवक्ता खरेल
सारांश
- अन्तरिम सरकारले फागुन २१ गतेको प्रतिनिधि सभा सदस्यको निर्वाचन यथा समयमै गर्ने स्पष्ट पारेको छ।
- मन्त्री खरेलले निर्वाचनलाई उच्च प्राथमिकता दिँदै निर्धारित समयमै मतदान गराउन सरकार लागिपरेको बताए।
- सरकारले निर्वाचन आयोगको निर्णय र परामर्शलाई पर्खिरहेको जनाउँदै चुनावी वातावरण बनाउन सबैलाई आग्रह गरेको छ।
काठमाडौँ । अन्तरिम सरकारले तोकिएको मितिमै प्रतिनिधि सभा सदस्यको निर्वाचन हुने स्पष्ट पारेको छ। मन्त्रीपरिषद्को बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले फागुन २१ गतेका लागि तय भएको निर्वाचनको मिति कुनै पनि हालतमा परिवर्तन नहुने दाबी गरे।
सरकारले निर्वाचनलाई उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै मन्त्री खरेलले निर्धारित समयमै मतदान गराउन सरकार गम्भीरताका साथ लागिरहेको बताए। "फागुन २१ का लागि निर्वाचनको मिति तोकिसकिएको छ, अब त्यो भन्दा यताउति हुँदैन," उनले भने, "निर्वाचन गराउने दायित्व सरकारको मात्र नभई सबै सरोकारवाला निकायको पनि हो।"
उनले निर्वाचनको तयारीका सन्दर्भमा सरकारले निर्वाचन आयोगको निर्णय र परामर्शलाई पर्खिरहेको समेत जानकारी दिए। शान्तिपूर्ण र निष्पक्ष रूपमा निर्वाचन सम्पन्न गर्न सरकारले आफ्नो तर्फबाट कुनै कसर बाँकी नराख्ने भन्दै उनले सबै पक्षलाई चुनावी वातावरण बनाउन सहयोग गर्न आग्रह गरे। मन्त्री खरेलले पछिल्लो समय निर्वाचन सर्नेबारे चलेका हल्लाहरूको खण्डन गर्दै सरकार पूर्ण रूपमा निर्वाचनको तयारीमा केन्द्रित रहेको बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
-
बारा र खोटाङसहितका जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता असार ७ सम्म अद्यावधिक गर्न सकिने
-
पूर्वआयोजक र युरोपेली डार्क हर्सबिच मध्यराति भिडन्त
-
कोशीको आर्थिक वृद्धिदर ३.१३ प्रतिशत पुग्ने अनुमान, प्रतिव्यक्ति आम्दानी १,४१० डलर (पूर्णपाठ)
-
एकताको नारामा संस्थापनविरुद्ध एक हुँदै कांग्रेसको इतर पक्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण