जेनजी मुभमेन्ट अलायन्सका अगुवा विकास प्रगतिशील लोकतान्त्रिक पार्टीबाट चुनाव लड्दै
आइतबार, ०४ माघ २०८२, ०१ : १४
सारांश
- जेनजी मुभमेन्ट अलायन्सका अगुवा विकास कामी चितवन-१ बाट चुनावी मैदानमा उत्रिने भएका छन्।
- उनलाई प्रगतिशील लोकतान्त्रिक पार्टीले उम्मेदवार घोषणा गरेको हो।
- उनले सामाजिक तथा आर्थिक न्यायको आन्दोलनलाई निरन्तरता दिन चुनावी मैदान रोजेको बताए।
काठमाडौँ । जेनजी मुभमेन्ट अलायन्सका अगुवा विकास कामी प्रगतिशील लोकतान्त्रिक पार्टीबाट चितवन–१ क्षेत्रबाट चुनावी मैदानमा उत्रिने भएका छन् । शनिबार प्रगतिशील लोकतान्त्रिक पार्टीको जिल्ला एकता भेला तथा उम्मेदवार घोषणा सभामा उनलाई चितवन–१ बाट उम्मेदवार घोषणा गरिएको हो ।
उनले सामाजिक तथा आर्थिक न्यायको आन्दोलनलाई निरन्तरता दिन चुनावी मैदान रोजेको बताएका छन् । साथै, जेनजी आन्दोलनका संस्थागत तथा अन्य मुद्दाहरूको उठान र कार्यान्वयनका लागि पनि संसद् आवश्यक रहेको ठानेर चुनावी प्रतिस्पर्धा गर्ने निर्णय गरेको बताए ।
उनी लामो समयदेखि मिटर ब्याज विरुद्धको किसान मजदुर आन्दोलन, भूमि अधिकार आन्दोलन, वित्तीय शोषण विरुद्धको आन्दोलन, दलित आन्दोलन लगायत विभिन्न सामाजिक आन्दोलनमा सक्रिय रूपमा सहभागी हुँदै आइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्रपाको खाने र देखाउने दाँत फरक छ : धवलशमशेर राणा
-
६५ हजारमा आईफोन-१५ प्रो म्याक्स दिने प्रलोभन दिएर २ सय जनालाई ठगी
-
ब्राजिलमा बन्जी जम्पका क्रममा डोरी बाँध्न बिर्सिएर पुलबाट खसाउँदा युवतीको मृत्यु
-
पिसिएम कप प्लस टु बास्केटबलको छात्र र छात्रा दुवैतर्फको उपाधि एमिसीलाई
-
काठमाडौँका सबै भवन ५ वर्षभित्र विपद् उत्थानशील बनाइने
-
धवल शमशेर र दुर्गा प्रसाईंको नेतृत्वमा नयाँ पार्टी घोषणाको तयारी, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण