अपडेट
एन्फाको निर्वाचन रोक्न उच्च अदालतको आदेश
आइतबार, ०४ माघ २०८२, १६ : ४८
सारांश
- उच्च अदालत पाटनले अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचन रोक्न अन्तरिम आदेश जारी गरेको छ।
- एन्फा उपाध्यक्ष विराटजंग शाहीसहितले दिएको रिटमा सुनुवाइ गर्दै अदालतले निर्वाचन रोक्न आदेश दिएको थियो।
- अदालतले युवा तथा खेलकुद मन्त्रालयसहित एन्फाका पदाधिकारीलाई विपक्षी बनाएको छ।
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचन रोक्न उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गरेको छ । उच्च अदालतले आइतबार एन्फाको निर्वाचन र निर्वाचनसम्बन्धी सबै कार्य रोक्न आदेश दिएको हो ।
एन्फा उपाध्यक्ष विराटजंग शाही, सदस्यद्वय रुपेश अधिकारी र रवीन्द्र चन्दले दिएको रिटमा सुनुवाइ गर्दै उच्चले एन्फाको निर्वाचन रोक्न आदेश दिएको थियो ।
रिटमा युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद् (राखेप), एन्फा, एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ, महासचिव किरण राई र एन्फाको निर्वाचन समितिलाई विपक्षी बनाइएको छ ।
श्रीधरा कुमारी पुडासैनीको एकल इजलासले निर्वाचन प्रक्रिया सम्बन्धी सम्पूर्ण काम कारबाही प्रस्तुत निवेदनको अन्तिम टुङ्गो नलागुन्जेल सम्मको लागि यथास्थितिमा राख्न अन्तरिम आदेश जारी गरिदिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यसपालि भंग हुन सक्ने विश्वकपका कीर्तिमानहरू
-
म्याग्दीको दर्मीजामा कृषि पर्यटनको नयाँ लहर
-
को बन्ला ३०औँ मुख्यसचिव ? १० सचिव दाबेदार
-
कोशीटप्पुमा आन्तरिक पर्यटकको लहर: ११ महिनामा नौ हजारभन्दा बढीले गरे आरक्ष भ्रमण
-
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
-
रास्वपा महाधिवेशनको दोस्रो दिन: बन्द सत्रको कार्यतालिका संशोधन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण