नेपाली सेनाका एक महासेनानी सहायक रथीमा बढुवा
काठमाडाैँ । सरकारले नेपाली सेनाका एक जना महासेनानीलाई सहायक रथीमा बढुवा गरेको छ । आइतबार सञ्चार सूचना तथा प्रविधि मन्त्रालयमा मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता जगदीश खरेलले यसबारे जानकारी दिएका हुन् ।
उनका अनुसार एक जना सहायक रथीको सरुवा गरिएको छ । बैठकले मानव–बाघ अन्तरसम्बन्ध व्यवस्थापन परियोजनाका लागि विश्व वातावरण सुविधाबाट विश्व वन्यजन्तु कोषमार्फत प्राप्त हुने अमेरिकी डलर ३६ लाख २१ हजार ९ सय ८३ बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको प्रवक्ता खरेलले जानकारी दिए ।
उनका अनुसार स्वच्छ वायु तथा समृद्धि परियोजनाका लागि सहुलियतपूर्ण ऋण तथा अनुदान सहायता प्राप्त गर्ने विषयमा विश्व बैंकसँग वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरिएको छ । बैठकले राष्ट्रिय गौरवको बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजनाको वित्तीय लगानी ढाँचा स्वीकृत गरेको उनले बताए ।
नेपाल इन्जिनियरिङ सेवा अन्तर्गत जियोलोजी समूह, हाइड्रो–जियोलोजी उपसमूहका राप प्रथम श्रेणीका अधिकृत देवकुमार स्याङ्वोलाई ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय वा मातहतको निकायमा पदस्थापन गर्ने निर्णय भएको छ । जलस्रोत तथा सिंचाई विभागमा कार्यरत सुपरिटेन्डिङ इन्जिनियर सुशीलकुमार देवकोटाले पेस गरेको राजीनामा स्वीकृत गरिएको छ ।
सहकारी क्षेत्रमा देखिएका बेथितिसम्बन्धी छानबिनका लागि उच्च अदालतका पूर्व न्यायाधीश विनोदप्रसाद शर्माको संयोजकत्वमा ‘सहकारी जाँचबुझ आयोग २०८२’ गठन गर्ने निर्णय पनि गरिएको प्रवक्ता खरेलले जानकारी दिए । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्को उपाध्यक्ष पदमा रौतहटका मोहम्मद सफी उल्लाहलाई मनोनयन गर्ने निर्णय पनि बैठकले गरेको छ ।
अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागिताअन्तर्गत, २०८२ फागुन १२ गते जापानको टोकियोमा आयोजना हुने जापान–नेपाल इम्प्लोयमेन्ट कन्फ्रेन्सको दोस्रो संस्करणमा सहभागी हुन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव डा.दीपक काफ्लेलाई स्वीकृति प्रदान गरिएको छ । २०८२ फागुन ४ देखि ७ गतेसम्म भुटानको थिम्पुमा आयोजना हुने ‘सेकेन्ड माउन्टेन कनेक्ट इन्टर–रिजनल वर्कसप’ मा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. प्रकाशकुमार श्रेष्ठलाई सहभागी हुन स्वीकृति दिइएको छ ।
त्यसैगरी, २०८२ फागुन १२ देखि १५ गतेसम्म थाइल्याण्डमा आयोजना हुने १३औँ एसिया–प्रशान्त सतत विकास फोरममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. प्रकाशकुमार श्रेष्ठको नेतृत्वमा प्रतिनिधिमण्डल सहभागी हुने निर्णय गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्जुरी समयमा मोरक्कोको पुनरागमन, खेल १–१ को बराबरीमा
-
रौतहट प्रहरीद्वारा एकैदिनमा १० जना फरार प्रतिवादी पक्राउ
-
तीन करोड ५१ लाखभन्दा बढीको अवैध सामग्री बरामद
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
गाक्पोको गोलमा नेदरल्यान्ड्सले लियो अग्रता
-
‘झिँगे दाउ २’को ‘महिमा आमाको’ गीत: मदनकृष्ण, मिथिलादेखि चैत्यदेवीसम्मको छमछमी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण