विराट कोहलीको ५४औँ एकदिवसीय शतक, तर कमजोर अवस्थामा भारत
इन्दौर । आइतबारको इन्दौरमा न्युजिल्यान्डविरुद्धको एकदिवसीय खेलमा ३३८ रनको विशाल लक्ष्य पछ्याइरहेको भारतीय टोलीका लागि विराट कोहलीले आफ्नो ५४औँ एकदिवसीय शतक प्रहार गरेका छन् ।
यो शतक त्यसबेला आएको थियो, जतिबेला भारतीय टोलीले ४१ ओभरमा २४० रन बनाउँदा आफ्ना ६ विकेट गुमाइसकेको थियो । कोहलीले शतक बनाउँदा हर्षित राना क्रिजमा थिए ।
भारतीय ब्याट्सम्यानमध्ये रवीन्द्र जडेजा १२ रन बनाएर छैटौं विकेटका रूपमा जैडन लेनोक्सको बलमा विल यंगद्वारा क्याच आउट भएका थिए । यसअघि नीतीश रेड्डीले ५३, केएल राहुल १, श्रेयस अय्यर ३, कप्तान शुभमन गिल २३ र रोहित शर्मा ११ रन बनाएर आउट भएका थिए ।
न्युजिल्यान्डका लागि क्रिस्टियन क्लार्क र जैडन लेनोक्सले २–२ विकेट लिएका छन् ।
होलकर स्टेडियममा आइतबार भएको यस खेलमा भारतले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो । न्युजिल्यान्डले निर्धारित ओभरमा ८ विकेट गुमाएर विशाल ३३७ रनको योगफल तयार पारेको थियो । न्युजिल्यान्डका लागि डेरिल मिचेल र ग्लेन फिलिप्सले उत्कृष्ट शतक प्रहार गरे ।
भारतका लागि हर्षित राणा र अर्शदीप सिंहले ३–३ विकेट लिएका थिए । आज जित्नेले तीन खेलको श्रंखलामा बाजी मार्नेछ । पहिलो खेल भारतले जित्दा दोस्रोमा न्युजिल्यान्ड विजयी भएको थियो ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण