महानगर छोड्नु अघि रोइन् रेनु, भोलि बिहान राजीनामा दिएर उम्मेदवारी दिने
सोमबार, ०५ माघ २०८२, १३ : ३०
सारांश
- भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले भोलि राजीनामा दिने भएकी छिन्।
- उनले कार्यपालिकामा राजीनामा बुझाएर चितवन-३ बाट प्रतिनिधिसभाको उम्मेदवारी दिनेछिन्।
- पत्रकार सम्मेलनमा उनले महानगर छोड्नुअघि भावुक हुँदै आँसु झारेकी थिइन्।
काठमाडौँ । भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले भोलि (६ गते) राजीनामा दिने भएकी छिन् । उनले भोलि बस्ने कार्यपालिकामा राजीनामा बुझाएर चितवनको निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभाको उम्मेदवारी दिइने उनको सचिवालयले जनाएको छ ।
उनले महानगर छोड्नुअघि आज पत्रकार सम्मेलन गरेकी थिइन् । पत्रकार सम्मेलनमा उनी भावुक हुँदै रोएकी छिन् । जनप्रतिनिधि र कर्मचारीसहित उपस्थित भएकी दाहाल उपप्रमुख चित्रसेन अधिकारी बोल्दै गर्दा रोएकी हुन् ।
पहिलो पटक २०७४ मा नेकपा एमालेको उम्मेदवार देवी ज्ञवालीसँग जित हात पार्दा विवाद भए पनि उनले दोस्रो पटक सहज ढङ्गले मेयर पदमा जितेकी थिइन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण