हिउँदको कठ्याङ्ग्रिने चिसोमा भोटेकोसी नदीमा र्याफ्टिङ, तस्बिरहरु
काठमाडौँ । सामान्यतया गर्मी बढेसँगै सिन्धुपाल्चोकको सुकुटे क्षेत्रस्थित तल्लो भोटेकोसी (सुनकोसी) नदीमा जलयात्रा अर्थात् राफ्टिङका लागि आन्तरिक पर्यटकको चाप बढ्ने गर्छ। गर्मी छल्न र नदीसँग रमाउँदै बिदा मनाउन उपत्यकाबासीका लागि सुकुटे प्रमुख गन्तव्य मानिन्छ। प्रायः फागुनको मध्यदेखि असार–साउनको मध्यसम्म यहाँ राफ्टिङ हुने गर्दछ।
तर यस वर्ष माघ महिनाको कठ्याङ्ग्रिने चिसोमा पनि भोटेकोसी नदीमा साहसिक राफ्टिङका दृश्य देखिएका छन्। सामान्यतया सुनसान रहने हिउँदको मौसममा समेत साहसको खोजीमा नदीसँग पौँठेजोरी खेलिरहेका गतिविधि कैद भएका छन्।
भोटेकोसीको छालले डुंगामाथि ठोक्किँदा उछिट्टिएको चिसो पानी अनुहारमा पर्दा शरीर सिहरिन्छ। तर सहभागीहरूको आँखामा डरभन्दा उत्साह बढी देखिन्छ। हिउँदमा नदीको बहाव तुलनात्मक रूपमा कम भए पनि पानी अत्यन्त चिसो हुने भएकाले यो समयको राफ्टिङ अझ चुनौतीपूर्ण मानिन्छ।
राफ्टिङ स्टारका सञ्चालक दीपक कुमार राईका अनुसार अनुभवी गाइडको निर्देशन, पर्याप्त सुरक्षा उपकरण र टोलीगत समन्वय बिना यस्तो साहस सम्भव हुँदैन। “चिसो मौसम र उग्र नदीसँग जुध्न आत्मविश्वास र अनुशासन अत्यावश्यक हुन्छ,” उनले भने।
















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दीपक भट्ट, शङ्करलाल अग्रवालसहितका प्रतिवादीको बयान सुरु
-
दक्षिणी थाइल्यान्डमा सुरक्षा चौकीमाथि आक्रमण, ५ जना सैनिकको मृत्यु
-
छुट्टाछुट्टै दुर्घटनामा चार जनाले गुमाए ज्यान
-
कुवेतस्थित अमेरिकी प्याट्रियट मिसाइल प्रणाली र सैन्य उपकरणमा आक्रमण गरेको इरानको दाबी
-
विश्वविद्यालयहरूलाई पूर्ण रूपमा राजनीतिक हस्तक्षेपमुक्त बनाइने : शिक्षामन्त्री पोखरेल
-
‘शिक्षामन्त्रीले राजीनामा नदिएसम्म कुनै छलफल हुँदैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण