राजीनामा दिएर रास्वपाबाट चुनाव लड्दै मन्त्री जगदीश खरेल
काठमाडौँ । सरकारका प्रवक्ता तथा सूचना र सञ्चारमन्त्री जगदीश खरेल रास्वपाबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्ने तयारी गरेका छन् ।
स्रोतका अनुसार अहिले केहीबेरमा मन्त्री पदबाट राजीनामा दिएर प्रतिनिधिसभा सदस्यको उम्मेदवारको टिकट लिन लागेका हुन् । ललितपुर बालकुमारीका स्थायी बासिन्दा रहेका खरेलले साँझ ५ बजे पत्रकार सम्मेलन गर्दैछन् । उनी ललितपुर–२ बाट उम्मेदवारी दिने तयारी गरेको स्रोतको दाबी छ ।
‘लगभग उहाँ उम्मेदवार बन्ने निश्चित भएको छ । ललितपुर २ बाट नै उठ्नुहुन्छ’, रातोपाटीसँग स्रोतले भन्यो ।
फागुन २१ मा निर्वाचन गराउने जिम्मेवारीसाथ उनी सुशीला कार्की नेतृत्वको सरकारमा सहभागी भएका थिए । सरकारमा रहेर रास्वपामैत्री रहेका आरोप लागेका खरेललाई प्रधानन्त्री सुशीला कार्कीले राजीनामा दिन सुझाव दिएकी थिइन् ।
आजै खेलकुदमन्त्री बब्लु गुप्ताले राजीनामा दिइसकेका छन् । यसअघि कुलमान घिसिङले ऊर्जामन्त्रीबाट राजीनामा दिएका थिए । घिसिङ उज्यालाे नेपाल पार्टीका अध्यक्ष हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाँके राष्ट्रिय निकुञ्जमा पूर्वसूचना प्रणाली जडान
-
नेपालमा बालयौन दुराचारको अभियोगमा सजाय काटेका कुम्ब्स अमेरिकमा पनि दोषी ठहर
-
नेपालमा जलवायु-स्मार्ट कृषि विस्तारका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक : मन्त्री चौधरी
-
जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट एक करोड १४ लाख राजस्व सङ्कलन
-
तस्करीको नयाँ शैली : सिरक र ज्याकेटभित्र सिलिकनमा मिसाएर ल्याइएको साढे ४ किलो कोकेन बरामद
-
जलवायु स्मार्ट कृषि विस्तारको लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक : मन्त्री चौधरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण