चाल्नाखेलमा उपत्यकाव्यापी मेयर कप कराँते प्रतियोगिता हुँदै
काठमाडौँ । काठमाडौँको दक्षिणकाली नगरपालिका स्थित चाल्नाखेलमा मेयर कप कराँते प्रतियोगिता हुने भएको छ । माघ २३ र २४ मा छैटौँ मेयर कप तथा १० औँ केभिन रोहन स्मृति उपत्यकाव्यापी च्याम्पियनशिप हुन लागेका हो ।
प्रतियोगितामा विभिन्न तौल समूहका २ सय जना खेलाडीहरू सहभागी हुने आयोजक समितिका अध्यक्ष विनोद गुरुङले जानकारी दिए । सोमबार पत्रकार सम्मेलन गरेर आयोजकले त्यसबारे जानकारी गराएका हुन् । प्रतियोगिता दुई दिनसम्म सञ्चालन हुनेछ ।
काठमाडौँका विभिन्न डोजो, भारत र बङ्गलादेशका खेलाडीहरू प्रतियोगितामा सहभागी हुने आयोजककाे दाबी छ । क्योकुशिन अलाइट कराते संघका अध्यक्ष विनोद गुरुङ र संरक्षक कृष्ण गुरुङले आफ्नै ठाउँमा प्रतियोगिता आयोजना गर्न पाउँदा हर्षित भएको उल्लेख गर्दै व्यवस्थापन चुस्त बनाइने बताए ।
नेपाल प्रेस युनियनका सचिव तथा प्रेस संयोजक छायाचन्द्र भण्डारीले खेल प्रतियोगितामा आफ्नो तर्फबाट भरपुर सहयोग रहने बताए ।
प्रतियोगिताको व्यवस्थापनमा दिल बहादुर नगरकोटी, रघुवर नेपाल, लिला थापा मगर, दिनेश कुमार नगरकोटी र राजेश तामाङ लगायत छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोहमद सलाहको उत्कृष्ट प्रदर्शन, विश्वकपमा इजिप्टको पहिलो ऐतिहासिक जित
-
यसपालि भंग हुन सक्ने विश्वकपका कीर्तिमानहरू
-
म्याग्दीको दर्मीजामा कृषि पर्यटनको नयाँ लहर
-
को बन्ला ३०औँ मुख्यसचिव ? १० सचिव दाबेदार
-
कोशीटप्पुमा आन्तरिक पर्यटकको लहर: ११ महिनामा नौ हजारभन्दा बढीले गरे आरक्ष भ्रमण
-
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण