सय वटा गाडी एक आपसमा ठोक्किएपछि मिशिगनमा राजमार्ग बन्द
सारांश
- मिशिगनमा हिम आँधीका कारण राजमार्गमा १०० भन्दा बढी सवारी दुर्घटनामा परे।
- दुर्घटनामा ३० भन्दा बढी ट्रक र अन्य सवारी साधन संलग्न थिए, धेरै मानिस घाइते भए।
- अमेरिकाभर फैलिएको हिम आँधीका कारण मिनेसोटादेखि न्यूयोर्कसम्म चिसोको चेतावनी जारी छ।
वासिङ्टन डीसी । अमेरिकाको मिशिगन राज्यमा आएको भीषण हिम आँधीका कारण एउटा राजमार्गमा १०० भन्दा बढी सवारीसाधन एकआपसमा ठोक्किएको वा सडकबाट चिप्लिएर दुर्घटनामा परेका छन् । सोमबार ग्रान्ड र्यापिड्स सहरको दक्षिण–पश्चिमतर्फ रहेको इन्टरस्टेट १९६ राजमार्गमा भएको उक्त दुर्घटनापछि दुवै दिशाको सडक पूर्ण रूपमा बन्द गरिएको मिशिगन स्टेट प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार ३० भन्दा बढी ट्रेलर ट्रकसहित कयौँ गाडी दुर्घटनामा परेका छन् । यसमा धेरै मानिस घाइते भए पनि हालसम्म कसैको मृत्यु भएको पुष्टि नभएको प्रहरीले बताएको छ । सामाजिक सञ्जाल र स्थानीय सञ्चारमाध्यममा सार्वजनिक तस्बिर तथा भिडियोमा हिउँले ढाकिएको सडकमा ट्रक र कारहरू लामो दूरीसम्म एकआपसमा ठोक्किएको देखिन्छ ।
यो दुर्घटना अमेरिकाभर फैलिँदै गएको कडा हिउँदे आँधीको पछिल्लो प्रभाव हो । अमेरिकी राष्ट्रिय मौसम सेवाले मिनेसोटादेखि विस्कोन्सिन, इन्डियाना, ओहायो, पेन्सिलभेनिया हुँदै न्यूयोर्कसम्म अत्यधिक चिसो र हिउँ आँधीको चेतावनी जारी गरेको छ । हिउँका कारण अगाडिका गाडीसमेत देख्न नसक्ने अवस्था रहेको दुर्घटनाका साक्षी चालक पेद्रो माटा जुनियरले एसोसिएटेड प्रेससँगको कुराकानीमा भने ।
२०–२५ माइल प्रतिघण्टाको गतिमा चलाइरहेका उनी समयमै गाडी रोक्न सफल भए । ‘पछाडितिरबाट गाडीहरू ठोक्किएको ड्याङड्याङ डुङडुङको आवाज सुन्दा निकै डर लाग्यो,’ उनले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले शिक्षा क्षेत्रलाई अस्तव्यस्त बनाएको राष्ट्रिय सभाका सांसदहरूको आरोप
-
बालुवा प्रशोधन केन्द्रप्रति स्थानीयको आपत्ति, अनुमति प्रक्रियामाथि प्रश्न
-
मेस्सीको कीर्तिमानपछि अब नजर रोनाल्डोमा
-
लुम्बिनी प्रदेश सभा बैठक आधा घण्टाका लागि स्थगित
-
शान्ति मिश्रको योगदानमा आधारित हुलाक टिकट सार्वजनिक
-
नाइजेरियामा आक्रमण हुँदा २० जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण