प्रतिस्पर्धीलाई प्रस्तावक राखेर गोरखा–२ मा रास्वपाका बुर्लाकोटीको उम्मेदवारी दर्ता
पोखरा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि गोरखा क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री कविन्द्र बुर्लाकोटीले उम्मेदवारी दर्ता गराएका छन् ।
बुर्लाकोटीले मंगलबार गोरखा निर्वाचन क्षेत्र नम्बर २ स्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन पत्र पेस गरेका हुन् । उनको उम्मेदवारीको प्रस्तावकमा हरिशरण आचार्य र समर्थकमा सुकबहादुर तामाङ रहेका छन् । रास्वपामै कविन्द्र र हरिशरणले यस ठाउँमा टिकन लिन प्रतिस्पर्धा गरेका थिए ।
पार्टीको जिम्मेवारी बहन गर्दै चुनावी मैदानमा ओर्लिएका बुर्लाकोटीका लागि यो क्षेत्र नौलो भने होइन । उनी यसअघि २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा पनि सोही क्षेत्रबाट उम्मेदवार बनेका थिए, यद्यपि उक्त निर्वाचनमा उनी पराजित भएका थिए ।
अघिल्लो हारको अनुभव र पार्टी संगठनको विस्तारसँगै बुर्लाकोटी यसपटक थप सशक्त रूपमा चुनावी मैदानमा उत्रिएका छन् । रास्वपाले गोरखा–२ लाई प्रतिष्ठाको विषय बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खराब मौसमको कारण फ्रान्स र इराकबिचको दोस्रो हाफ सुरु हुन थप १५ मिनेट ढिलाइ
-
लगातार दोस्रो जिततर्फ फ्रान्सको पाइला: पहिलो हाफको समाप्तिमा इराकमाथि १–० को अग्रता
-
क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग
-
खतरनाक ‘हिट स्ट्रेस’ मा विश्वव्यापी वृद्धि
-
एम्बाप्पेको गोलमा इराकविरुद्ध फ्रान्सलाई सुरुवाती अग्रता
-
चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण